Wednesday, September 23, 2026
Home राजनीति एमालेले दियो यस्तो चेतावनीः संशोधन प्रस्ताव थाती नराखे चुनाव प्रभावित हुने

एमालेले दियो यस्तो चेतावनीः संशोधन प्रस्ताव थाती नराखे चुनाव प्रभावित हुने

351

चैत ७,
काठमाडौं । प्रमुख प्रतिपक्ष नेकपा एमालेले संविधान संशोधन प्रस्ताव थाति राखेर अघि नबढे स्थानीय तहको निर्वाचन प्रभावित हुने चेतावनी दिएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहालले सोमबार बिहान बोलाएको प्रमुख दलहरुको बैठकमा एमालेले संविधान संशोधन प्रस्ताव थाति राख्न प्रस्ताव गरेको छ । बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्न संविधान संशोधन प्रस्तावलाई थाति राखेर अघि बढनुको विकल्प नरहेको बताएका छन् ।
बैठकमा प्रधानमन्त्री प्रचण्डले निर्वाचनमा मधेसी मोर्चालाई सहभागी गराउने विषयमा भइरहेको छलफलबारे जानकारी दिँदै आवश्यक सुझाव दिन एमालेसँग आग्रह गरेका थिए । आफूहरुले संविधान संशोधन प्रस्तावलाई थाति राखेर निर्वाचन गर्नु पर्ने बताएको एमाले संसदीय दलका उपनेता सुवाष नेम्वाङले जानकारी दिए ।
बैठकमा प्रधानमन्त्री प्रचण्डले बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचन कुनै पनि हालतमा नरोकिने बताएका छन् । निर्वाचन समयमै हुन्छ भन्दै त्यसमा दायाँबायाँ नहुने अडान आफूले मधेसी मोर्चाका नेताहरुलाई भनेको प्रधानमन्त्रीले जानकारी गराउनु भएको एमाले संसदीय दलका नेता नेम्वाङले बताए । अनलाइन खबर