चैत ११, काठमाडौँ ।
प्रमुख निर्वाचन आयुक्त डा अयोधिप्रसाद यादवले उम्मेदवारको छनोट गर्दा महिला विजयी गराउने लक्ष्यका साथ गर्न आग्रह गरेका छन्।
निर्वाचन आयोगले आज आयोजना गरेको ‘स्थानीय तह निर्वाचनमा लैङ्गिक तथा समावेशी सहभागितासम्बन्धी संवाद तथा अन्तक्र्रिया’ कार्यक्रमलाई सम्बोधन गर्दै डा यादवले स्थानीय तहमा ४० प्रतिशत महिलाको प्रतिनिधित्व सुनिश्चित गरिएको जानकारी दिए । स्थानीय तह निर्वाचन ऐनले प्रत्येक वडामा दुई महिलामध्ये...
चैत ११, काठमाडौं। अनेरास्ववियुले नेकपा (एमाले)का नेता तथा कार्यकर्ता, विद्यार्थी र सर्वसाधारणलाई सरकारलाई पुँजीगत लाभकर नतिर्ने ‘एनसेल’ प्रयोग नगर्न आग्रह गरेको छ । अनेरास्ववियुका कावा अध्यक्ष रश्मि आचार्यको अध्यक्षतामा आज बसेको स्थायी कमिटी बैठकले एनसेलले सरकारलाई बुझाउनुपर्ने कर सबै नबुझाएसम्म प्रयोग नगर्न आग्रह गरिएको सचिव आरसी लामिछानेले जानकारी दिए।
लामिछानेका अनुसार बैठकले आइतबार अर्थमन्त्री र लेखा समितिका सभापतिलाई कर तिराउँदा...
चैत ११,
भक्तपुर । राष्ट्रिय प्रजातन्त्र पार्टीका बरिष्ठ नेता पशुपती समशेर राणाले हिन्दु राष्ट्र र संवैधानिक राजतन्त्र पार्टीको मुटु भएकाले कोही कसैले यसलाई पार्टीको बिधानबाट हटाउन नसक्ने बताए ।
राप्रपा भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ ले आज आयोजना गरेको कार्यकर्ता भेलामा बोल्दै नेता राणाले राप्रपाको मुल एजेण्डामाथि निर्वाचन आयोगले हस्तक्षेप गरेर गैरजिम्मेवारपूर्ण कार्य गरेको बताए ।
उनले यहि एजेण्डा बोकेर दुईवटा...
चैत ११, काठमाडौं। नेपाल पत्रकार महासङ्घले सरकारले अनलाइन मिडियालाई व्यवस्थित गर्ने नाममा नियन्त्रणमुखी निर्देशिका जारी गरेको भन्दै आपत्ति प्रकट गरेको छ ।
विगतमा ल्याइएको अनलाइन निर्देशिकाको सर्वत्र विरोध भएपछि त्यसलाई स्थगन गरी सरोकार भएका संस्थाको संलग्नतामा कार्यदल बनाइएको थियो । महासङ्घले आज विज्ञप्तिमार्फत ‘उक्त कार्यदलको सुझावलाई बेवास्ता गर्दै निर्वाचन आचारसंहिता लागू भएका अवस्थामा पुरानै निर्देशिकाको स्रोत र आधारभूमिमा टेकेर नयाँ...
चैत ११,
गोरखा । लामो समयदेखि बन्द रहेको जिल्ला अस्पताल गोरखाको फार्मेसी पुनः सञ्चालनमा आएको छ ।
गत असारबाट बन्द रहेको फार्मेसी शुक्रवार बाट पुनः सञ्चालनमा आएको हो । नेपाल सरकारको नीति अनुसार सुपथ मूल्यमा औषधि उपलब्ध गराउन फार्मेसी पुनः सञ्चालन गरिएको हो । फार्मेसीको आज एक कार्यक्रमबीच गोरखाका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले शुभारम्भ गरे ।
फार्मेसीमा अहिले एक सय ५५...
चैत ११, काठमाडौं ।
नेपाल प्रहरीले स्थानीय तहको निर्वाचनलाई आवश्यक पर्ने म्यादी प्रहरीको भर्ना खुलाएको छ ।
सोसम्बन्धी सूचना नेपाल प्रहरीको वेबसाइट www.nepalpolice.gov.np मा प्रकाशन गरिएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ । सो सम्बन्धमा इच्छुक र योग्यता पुगेका व्यक्तिलाई उक्त वेबसाइटमा राखिएको फाराम भरी सम्बन्धित कार्यालयमा सम्पर्क राख्न हुन अनुरोध गरिएको छ ।
आवेदन उपत्यकाको हकमा प्रहरी परिसर तथा उपत्यका बाहिर...
चैत ११,मेलम्ची ।
सिन्धुपाल्चोक जिल्लाको मेलम्ची खानेपानी आयोजनाको ग्याल्थुम अडिटमा रहेको मोटर ग्यारेजभित्र टायर पड्किँदा एकजनाको मृत्यु भएको छ । सुरुङभित्र खन्न प्रयोग गरिने साधन ट्यारेक्सको पन्चर भएको टायरलाई मर्मत गरी पुनः हावा भर्नेक्रममा एक्कासि टायर पड्किन गई हावाको झोक्काले उछिटिृँदा मकवानपुर जिल्ला भीमफेदी घर भई सुरुङको ग्यारेजमा कार्यरत ४९ वर्षीय रमेश थापामगरको बिहीबार मृत्यु भएको र आवश्यक अनुसन्धान जारी...
चैत ११, काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ एसियाका लागि बोआओ मञ्चको वार्षिक सम्मेलनको उद्घाटन समारोहमा सहभागी हुन हिजो राति चीनको हैनान प्रान्तको बोआओ सहरतर्फ प्रस्थान गरेका हुन्। प्रधानमन्त्रीको बिदाइका लागि उपप्रधानमन्त्री विमलेन्द्र निधि र कमल थापा, मन्त्रिगण, संवैधानिक निकायका प्रमुख, नेपाल सरकारका उच्चपदस्थ अधिकारी, नेपालका लागि चिनियाँ राजदूत तथा कूटनीतिक नियोगका प्रतिनिधिलगायत त्रिभुवन विमानस्थलमा उपस्थिति रहेको थियो। सो अवसरमा...
चैत ११,
भक्तपुर । स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै महानगरिय प्रहरी परिसर भक्तपुरले सुचना जारी गरेको छ । २०७४ बैशाख ३१ गते हुन गईरहेको स्थानीय तहको निर्वाचनलाई लक्षित गरी शान्ति सु–व्यवस्था मिलाउन बिभिन्न किसिमका खुकुरी, खुँडा, तरवार, लाठी जस्ता हातहतियार साथमा नलिई हिड्न प्रहरीले अनुरोध गरेको छ । अनुमति प्राप्त हातहतियार निर्वाचन सम्पन्न नभएसम्मको लागी जिल्ला प्रशासन कार्यालय भक्तपुर र...
चैत ११, प्यूठान ।
धार्मिक तीर्थस्थल स्वर्गद्वारी जाँदै गरेको बा ८ च १५६१ नंको स्कार्पियो जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने तीनजना गम्भीर घाइते भएका छन् ।
काठमाडौँबाट स्वर्गद्वारी दर्शनका लागि आएका तीर्थालु चढेको गाडी स्वर्गद्वारीभन्दा तीन किमी अगाडि रुमाले भन्ने ठाउँमा सडकबाट ७०० मिटर तल खसेर दुर्घटना हुँदा हालसम्म ५ महिला र १ पुरुष गरी ६ जनाको...










