म्यादी प्रहरी भर्ना खुला

1055

चैत ११, काठमाडौं ।
नेपाल प्रहरीले स्थानीय तहको निर्वाचनलाई आवश्यक पर्ने म्यादी प्रहरीको भर्ना खुलाएको छ ।
सोसम्बन्धी सूचना नेपाल प्रहरीको वेबसाइट www.nepalpolice.gov.np मा प्रकाशन गरिएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ । सो सम्बन्धमा इच्छुक र योग्यता पुगेका व्यक्तिलाई उक्त वेबसाइटमा राखिएको फाराम भरी सम्बन्धित कार्यालयमा सम्पर्क राख्न हुन अनुरोध गरिएको छ ।
आवेदन उपत्यकाको हकमा प्रहरी परिसर तथा उपत्यका बाहिर जिल्ला प्रहरी कार्यालयबाट भर्न सकिने प्रहरीले जनाएको छ ।स्थानीय तहको निर्वाचनको लागि खटिने म्यादी प्रहरीको कार्यअवधि ५५ दिनको रहेको छ । म्यादी प्रहरीले प्रहरी जवानले पाए सरहको तलब भत्ता र तोकिए बमोजिम अन्य सुविधा पनि पाइने जनाएको छ । आजदेखि खुल्ला भएको आवेदन चैत १७ सम्म भर्न सकिनेछ ।