हतियार बुझाउन भक्तपुर प्रहरीको अनुरोध

1011
सांकेतिक तस्विर

चैत ११,
भक्तपुर । स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै महानगरिय प्रहरी परिसर भक्तपुरले सुचना जारी गरेको छ । २०७४ बैशाख ३१ गते हुन गईरहेको स्थानीय तहको निर्वाचनलाई लक्षित गरी शान्ति सु–व्यवस्था मिलाउन बिभिन्न किसिमका खुकुरी, खुँडा, तरवार, लाठी जस्ता हातहतियार साथमा नलिई हिड्न प्रहरीले अनुरोध गरेको छ । अनुमति प्राप्त हातहतियार निर्वाचन सम्पन्न नभएसम्मको लागी जिल्ला प्रशासन कार्यालय भक्तपुर र महानगरीय प्रहरी परिसर भक्तपुरमा १५ दिन भित्रमा अनिवार्य रुपमा बुझाउने परिसरले अनुरोध गरेको हो ।