Thursday, October 1, 2026
Home समाचार मेलम्ची सुरुङ्ग मार्गमा टायर पड्किँदा एकजनाको मृत्यु

मेलम्ची सुरुङ्ग मार्गमा टायर पड्किँदा एकजनाको मृत्यु

544

चैत ११,मेलम्ची ।
सिन्धुपाल्चोक जिल्लाको मेलम्ची खानेपानी आयोजनाको ग्याल्थुम अडिटमा रहेको मोटर ग्यारेजभित्र टायर पड्किँदा एकजनाको मृत्यु भएको छ । सुरुङभित्र खन्न प्रयोग गरिने साधन ट्यारेक्सको पन्चर भएको टायरलाई मर्मत गरी पुनः हावा भर्नेक्रममा एक्कासि टायर पड्किन गई हावाको झोक्काले उछिटिृँदा मकवानपुर जिल्ला भीमफेदी घर भई सुरुङको ग्यारेजमा कार्यरत ४९ वर्षीय रमेश थापामगरको बिहीबार मृत्यु भएको र आवश्यक अनुसन्धान जारी रहेको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक नवराज ढुङ्गानाले जानकारी दिए ।
घाइतेको उपचार गर्नेक्रममा काठमाडौँस्थित चिरायु अस्पतालमा मृत्यु भएको हो ।