चैत ११, बेनी । म्याग्दीको बेनी नगरपालिका–४ डाडाँखेतमा अवस्थित बालमन्दिर आधारभूत विद्यालयका विद्यार्थी त्रिपालको टहरामुनि बसेर परीक्षा दिन बाध्य भएका छन् । गत फागुन २५ गते साँझ विद्युत् सर्ट भएर विद्यालयको १० कोठे भवन ध्वस्त भएपछि त्रिपालको टहरामुनि बसेर परीक्षा दिन बाध्य भएका हुन् । १ सय ७४ जना विद्यार्थी रहेको विद्यालयका कक्षा १ देखि ३ सम्मका विद्यार्थीले टहरामुनि...
चैत ११, मुस्ताङ।
वैशाख ३१ गते घोषित स्थानीय तहको निर्वाचनलाई हिमालपारिको जिल्ला मुस्ताङमा ३७ वटा मतदान केन्द्र निर्धारण गरिएको छ । जिल्ला मतदान केन्द्र सिफारिस समितिले पाँच गाउँपालिकामा उक्त सङ्ख्यामा मतदान केन्द्र निर्धारण गर्न निर्वाचन आयोगलाई सिफारिस गरिएको हो । जिल्ला निर्वाचन अधिकारी सीताराम शर्मा लामिछानेले मतदातालाई असहज नहुने तरिकाले मतदान केन्द्र निर्धारण गरिएको जानकारी दिए। “धेरैमा आधा घन्टाको बाटोमा...
चैत १०, काठमाडौँ । परराष्ट्र मन्त्री डा. प्रकाशशरण महतले बेलायतको राजधानी सहर लन्डनस्थित संसद् भवन अगाडि बुधबार गरिएको आतङ्ककारी हमलाको निन्दा एवम् भत्र्सना गरेका छन्।
मन्त्री डा महतले आज नेपाल सरकारका तर्फबाट बेलायतका विदेशमन्त्री बोरिस जोन्सनलाई एक शोक सन्देश पठाई सो घटनाको निन्दा गरेको मन्त्रीका जनसम्पर्क तथा प्रेस संयोजक एकराज पाठकले जानकारी दिए।
उक्त सन्देशमा परराष्ट्र मन्त्री डा महतले सो आतङ्ककारी...
चैत १०, काठमाडौँ ।
सर्वोच्च अदालतले संवैधानिक इजलास गठन गर्न न्याय परिषद्का नाममा आज आदेश जारी गरेको छ । न्यायाधीश जगदीश शर्मा पौडेल, ईश्वरप्रसाद खतिवडा, केदारप्रसाद चालिसे, अनिलकुमार सिन्हा र सपना मल्लको पूर्ण इजलासले सो इजलास गठन गर्न आदेश जारी गरेको हो । अधिवक्ता माधव बस्नेतले संवैधानिक इजलास छिटो गठन माग गर्दै रिट निवेदन दायर गरेका थिए। संवैधानिक इजलास...
चैत १०,
त्रिशूली । नुवाकोटको मदानपुरमा मिनी ट्रक दुर्घटना हुँदा एक वृद्धको भएको छ । ट्रकका चालकसहित पाँचजना घाइते भएका छन् । बेलकोटगढी नगरपालिका– १२ वासुकीमा बा४ख २४८४ नंको मिनी ट्रक आज दुर्घटना हुँदा स्थानीय ७० वर्षीय भीमनाथ रिमालको मृत्यु भएको प्रहरी उपरीक्षक देवबहादुर बोहराले जानकारी दिनुभयो । कच्ची सडकमा सन्तुलन गुमाएपछि ट्रक १० मिटर तल खसेको थियो ।
दुर्घटनामा परी...
चैत १०, बाजुरा ।
सदरमुकाम मार्तडीमा चैत १७ र १८ गते बृहत् कृषि मेला लाग्ने भएको छ । स्थानीय खाद्य तथा तरकारी बालीको प्रवद्र्धन र कृषि क्षेत्रमा आकर्षण बढाउन सो मेलाको आयोजना गर्न लागिएको जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत डा रामकृष्ण श्रेष्ठले जानकारी गराए।
सबै गाउँपालिका र नगरपालिका क्षेत्रका किसानले उत्पादन गरेका कृषिजन्य बस्तुका कक्ष राखिने छ ।...
तेह्रथुम । तेह्रथुमको आठराई इवाका किसान अलैँची बेच्न पिठ्यूँमा बोरा बोकेर पाँचथरको सदरमुकाम फिदिमसम्म पैदलै पुग्थे । उतिबेला प्रति केजी रु १० त बोकानी भाडा मात्र तिर्नुपथ्र्यो । त्यति टाढाको बाटो बोकाएर लगेपछि हात परेको दाममा चित्त बुझाउनुबाहेक विकल्प हुन्थेन किसानलाई । उनीहरुले भाग्य हुँदा राम्रै भाउ पाउँथे, नभए अमिलो मुख लाएर हतारमा घर फर्कनुको विकल्प पनि थिएन...
चैत १०,
कञ्चनपुर । जनता आवास कार्यक्रमअन्तर्गत कञ्चनपुरमा बसोबास गर्दै आएका दलित र राउटे समुदायका परिवारका लागि पाँच सय घर निर्माण हुने भएका छन् ।
सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय धनगढीले घर निर्माणका लागि दलित समुदायका विपन्न, घर नभएका, अपाङ्गता भएका, असहाय र एकल महिला तथा राउटे परिवारको छनोटको कार्य सुरु गरेको छ । कार्यक्रमअन्तर्गत स्वीकृत डिजाइन र स्फेसिफिकेसनबमोजिम...
चैत १०, काठमाडौँ ।
चीनका रक्षामन्त्री जनरल चाङ वानक्वान नेपालको तीनदिने औपचारिक भ्रमणका लागि आज काठमाडौंमा आइपुगेका छन् ।रक्षामन्त्री बालकृष्ण खाँणको निमन्त्रणामा चाङको नेतृत्वमा १९ सदस्यीय चिनियाँ प्रतिनिधिमण्डल नेपालको औपचारिक भ्रमणमा आएको हो । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्टकक्षमा रक्षामन्त्री खाँण र सचिव श्रीधर सापकोटाले स्वागत गरेका थिए ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग चीनका रक्षामन्त्री चाङले प्रधानमन्त्री निवास बालुबाटारमा आजै केहीबेरपछि...
चैत १०,
काठमाडौँ ।
नेपाल पर्यटन वर्ष युरोप–२०१७ अन्तर्गत युरोपेली नागरिक समक्ष पर्यटन सामग्रीमार्फत नेपालको प्रवद्र्न गर्न सञ्चालन गरिने अभियानको बेल्जियमस्थित नेपाली दूतावासमा आयोजित कार्यक्रमबीच बुधबार राजदूत लोकबहादुर थापाले औपचारिकरुपमा सुरुवात गरे।
ब्रसेल्सस्थित नेपाली दूतावासले बुधबार जनाएअनुसार उक्त कार्यक्रममा बोल्दै राजदूत थापाले बेल्जियममा बसोबास गर्ने नेपालीको सवारीसाधनमा प्रवद्र्धनात्मक पोस्टर टाँसी नेपालको पर्यटन प्रवद्र्धन गर्नेजस्ता रचनात्मक प्रयासबाट नेपालमा युरोपेली पर्यटक भित्र्याउन मद्दत पुग्ने...









