लामो समयदेखि बन्द अस्पतालको फार्मेसी पुनः सञ्चालन

283

चैत ११,
गोरखा । लामो समयदेखि बन्द रहेको जिल्ला अस्पताल गोरखाको फार्मेसी पुनः सञ्चालनमा आएको छ ।
गत असारबाट बन्द रहेको फार्मेसी शुक्रवार बाट पुनः सञ्चालनमा आएको हो । नेपाल सरकारको नीति अनुसार सुपथ मूल्यमा औषधि उपलब्ध गराउन फार्मेसी पुनः सञ्चालन गरिएको हो । फार्मेसीको आज एक कार्यक्रमबीच गोरखाका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले शुभारम्भ गरे ।
फार्मेसीमा अहिले एक सय ५५ प्रकारका औषधिहरु उपलब्ध रहेको जिल्ला अस्पताल गोरखाका मेडिकल सुपरिटेण्डेन्ट डा. श्रीराम तिवारीले बताए ।
‘अस्पतालबाट पाइने ३७ प्रकारका निःशुल्क औषधिहरु पनि फार्मेसीमा उपलब्ध छन् ।
अन्य फार्मेसीको भन्दा २० देखि ३० प्रतिशत कम मूल्यमा अस्पतालको फार्मेसीबाट औषधि किन्न पाइने तिवारीको भनाइ छ । ‘औषधिमा लेखिएको मूल्यमा २० प्रतिशत जोडेर बेच्छौ जुन अन्य फार्मेसीको मूल्य भन्दा ३० प्रतिशत कम हुन आउछ,’ तिवारीले भने । फार्मेसीबाट २४ सै घण्टा सेवा पाउन सकिने अस्पतालले जनाएको छ । सेवा प्रवाहका लागी फार्मेसीमा पाँच जना कर्मचारी राखिएको छ ।
बिरामीलाइ सुपथ मूल्यमा औषधि उपलब्ध गराउने उदेश्यका साथ २०७० साल चैत्र २५ गते अस्पतालको बार्षिक उत्सवको अवसर पारेर फार्मेसी संचालन गरिएको थियो । तर कर्मचारीको लापरवाहीका कारण २०७३ सालबाट सेवा ठप्प थियो ।