जेठ १०,
एजेन्सी । थाइ राजा रामा दशौंका एकमात्रै छोरा तथा गद्दीका हकदार १५ वर्षीय दिपाङक्रोन रश्मीजोती अहिले जर्मनीमा ‘एक्लो र बेवास्ताको’ जीवन बाँचिरहेका छन् । जबकी, यही समय उनका बाबु २० जना यौन दासीसँगै जर्मनीको एउटा होटलमा रोमान्स गरिरहेका छन् । आफ्ना बाबु बसेको होटलभन्दा ४० माइल्स पर एक बंगलामा दिपाङक्रोन बस्छन् । जहाँबाट, स्टार्नवर्ग तालको दृश्यावलोकन गर्न...
जेठ १०,
पर्सा । वीरगन्जस्थित नारायणी अस्पतालमा उपचाररत ९ जना कोरोनाभाइरस संक्रमण मुक्त भएका छन् । उनीहरुमा गरिएको पछिल्लो परीक्षणको रिपोर्ट नेगेटिभ आएसँगै डिस्चार्ज गरिएको हो । शनिबार साँझसम्म उनीहरुलाई डिस्चार्ज गरिने नारायणी अस्पतालले जनाएको छ ।अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट मदन उपाध्यायले ९ जना कोरोनामुक्त भएको भन्दै उनीहरुलाई डिस्चार्ज गरिएको बताए । उनीहरुमध्ये बारा पर्सा र रौतहटका हुन् ।...
जेठ १०
काठमाडौं । विगत ६ वर्षयता बन्द रहेको गोरखकाली रबर उद्योगमा सरकारले चालु आर्थिक वर्षमा मात्र ३४ करोड रुपैयाँ खर्च गरेको छ । अर्थ मन्त्रालयका अनुसार गोरखकाली रबर उद्योग लिमिटेडका लागि चालु आर्थिक वर्षमा सरकारले ३४ करोड रुपैयाँ खर्च गरेको छ । यो ऋण लगानीका रुपमा उद्योगमा खर्च गरिएको हो । तर, रोचक तथ्य यो रकम उद्योग मर्मत...
जेठ १०,
काठमाडौं । शनिबार थप ६८ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ५८४ पुगेको छ । हालसम्म कोरोना संक्रमण पुष्टि भएका ७० जना निको भएका छन् भने ३ जनाको मृत्यु समेत भएको छ ।शनिबार अपरान्हको पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले ३६ जना कोरोना संक्रमित थपिएको बताए । यस्तै पत्रकार सम्मेलनअघि बिहान...
जेठ १०,
काठमाडौं । शनिबार फेरि थप ३२ जनामा कारोनाभाइरस संक्रमण पुष्टि भएको छ । कपिलबस्तु, सर्लाही, बारा, काठमाडौं, रुपन्देही र चितवनमा गरी ३२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार आज थपिएकासहित नेपालमा कुल संक्रमितको संख्या ५४८ पुगेको छ ।
जेठ १०,
काठमाडौं । सरकारले संविधान संशोधन विधेयकमा संसदमा दर्ता गरेको छ । मन्त्रिपरिषद्को निर्णयअनुसार कानूनमन्त्री शिवमाया तुम्बाहाङफेले संशोधन विधेयक दर्ता गरेकी हुन् । मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटेर हालै जारी गरेको नयाा नक्साअनुसार संविधानको अनुसूची ३ मा रहेको निशान छाप संशोधनका लागि संविधान संशोधन गर्ने निर्णय गरेको थियो ।उक्त निशान छापभित्र नेपालको पुरानो...
जेठ १०,
भक्तपुर । एक महिला जनप्रतिनिधीलाई नै कोरोना संक्रमण पुष्टि भएपछि भक्तपुर नगरपालिका उच्च सर्तकता अपनाईएको छ । भक्तपुर नगरपालिका जनस्वास्थ्य केन्द्र च्यामासिंहमा जनप्रतिनिधि, सफाई कर्मचारी र स्वास्थ्य कर्मचारीको कोरोना परीक्षण गराउने क्रममा ती महिलामा संक्रमण पुष्टि भएको हो ।
भक्तपुर नगरपालिका–९ का ४२ वर्षीया महिला जनप्रतिनिधीमा कोरोना संक्रमण पुष्टि भएको सोही वडाका वडाअध्यक्ष रबिन्द्र ज्याख्वाले जानकारी दिएका...
जेठ ९,
काठमाडौं । नेपालमा आज मात्र ५० जनामा कोरोना संक्रमित थपिएका छन् । कोरोनाभाइरस संक्रमितको कूल संख्या ५०७ पुगेको छ । सेती प्रादेशीक अस्पतालमा तीन जना, डडेलधुराका १, बैतडीका १, बाँकेका १४ जना रहेका छन् । त्यस्तै मोरङका १ जना छन् । आजनै २१ जना निको भएर घर गएका छन् ।
जेठ ९,
एजेन्सी । पाकिस्तान अन्तर्राष्ट्रिय एयरलाइन्स (पीआईए) को ए३२० एयरबस शुक्रबार कराँचीस्थित जिन्नाह अन्तर्राष्ट्रिय विमानस्थल नजिकै दुर्घटनाग्रस्त बनेको छ । पीआईएका प्रवक्ता अब्दुल सत्तारले दुर्घटनाको पुष्टि गर्दै विमान नम्बर ८३०३ मा ९० यात्रु र ८ जना चालक दलका सदस्य रहेको द डन न्युज टिभीले जनाएको छ । विमान लाहोरबाट कराँची आइरहेको समाचारमा उल्लेख छ । सामाजिक सञ्जालमा दुर्घटनास्थलबाट...
जेठ ९,
डोटी । एउटा वडाध्यक्षको काम विकास निर्माण र आफ्ना जनताका लागि वडाको क्षेत्राधिकारभित्र पर्ने सेवा दिनु मुख्य जिम्मेवारी हो । दिपायल सिलगढी नगरपालिका–२ का वडाध्यक्ष राजेन्द्र खड्का भने आफैँ एम्बुलेन्स चालक बनेर नागरिकको सेवामा लागेका छन् । वडाध्यक्ष खड्काले आफैँले एम्बुलेन्स चलाएर खुल्लेक गाउँबाट बिरामी लिएर दिपायलस्थित शैलेश्वरी अस्पताल पुर्याए ।खुल्लेककी ६५ वर्षीया राजकुमारी खड्का गाउँमा उपचार...









