Wednesday, September 30, 2026
Home समाचार ईपीएसलाई लक्ष्य गरी राहदानी आवेदन फाराम खुला, सार्वजनिक बिदाका दिन पनि फाराम...

ईपीएसलाई लक्ष्य गरी राहदानी आवेदन फाराम खुला, सार्वजनिक बिदाका दिन पनि फाराम भर्न सकिने

5

काठमाडौँ : राहदानी विभागले आगामी सोमबारसम्मका लागि राहदानी आवेदन फाराम खुला गरेको छ। सार्वजनिक बिदाका दिन शनिबार र आइतबार समेत आवेदन फाराम भर्न सकिने गरी विभागले यो व्यवस्था मिलाएको जनाएको छ। वैदेशिक रोजगार विभागको २०८३ साउन १४ गतेको सूचना अनुसार दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली ईपीसीका लागि आवेदन दिने म्याद थप भएको छ। यसैलाई मध्यनजर गर्दै राहदानी विभागले हाललाई थप आवेदन फाराम खुलाउने निर्णय गरेको जनाएको छ। विभागले फाराम भरिसकेका आदरणीय सेवाग्राहीहरूलाई आफूले फाराममा उल्लेख गरेको निर्दिष्ट मिति र समयमा नै विभागमा उपस्थित भई राहदानी सेवा लिन अनुरोध गरेको छ।