संविधान संशोधन विधेयक दर्ता

454

जेठ १०,
काठमाडौं । सरकारले संविधान संशोधन विधेयकमा संसदमा दर्ता गरेको छ । मन्त्रिपरिषद्को निर्णयअनुसार कानूनमन्त्री शिवमाया तुम्बाहाङफेले संशोधन विधेयक दर्ता गरेकी हुन् । मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटेर हालै जारी गरेको नयाा नक्साअनुसार संविधानको अनुसूची ३ मा रहेको निशान छाप संशोधनका लागि संविधान संशोधन गर्ने निर्णय गरेको थियो ।

उक्त निशान छापभित्र नेपालको पुरानो नक्सा अंकित भएकाले अब त्यसलाई सच्याएर संविधानमा नयाँ नक्शा अंकित निशान छाप राख्ने सरकारको तयारी छ । गत बुधबार भूमि व्यवस्था मन्त्रालयले लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटिएको नेपालको नयाँ राजनीतिक र प्रशासनिक नक्सा सार्वजनिक गरेको थियो । नयाँ नक्शामा यसअघि छुटेका क्षेत्र गुञ्जी, नाबी कुटीलगायत समेटिएको छ ।