बिरामी छोरालाई एक्लै छाडेर यौनदासीसँग रोमान्स गर्दै राजा

267

जेठ १०,
एजेन्सी । थाइ राजा रामा दशौंका एकमात्रै छोरा तथा गद्दीका हकदार १५ वर्षीय दिपाङक्रोन रश्मीजोती अहिले जर्मनीमा ‘एक्लो र बेवास्ताको’ जीवन बाँचिरहेका छन् । जबकी, यही समय उनका बाबु २० जना यौन दासीसँगै जर्मनीको एउटा होटलमा रोमान्स गरिरहेका छन् । आफ्ना बाबु बसेको होटलभन्दा ४० माइल्स पर एक बंगलामा दिपाङक्रोन बस्छन् । जहाँबाट, स्टार्नवर्ग तालको दृश्यावलोकन गर्न सकिन्छ । उनमा अथिज्म नामक समस्या देखिएको छ । यस्तो समस्या हुनेले प्राय सामाजिक अन्तक्रिया गर्न चाहँदैनन् र बोल्न रुचाउँदैनन् । त्यसैले उनको जीवन पिँजडाजस्तो छ र उम्कने विकल्प छैन ।

जर्मन पत्रिका विल्डका अनुसार स्विमिङ पुलसहित ठूलै क्षेत्रफलको एक बंगलामा यी साना राजकुमारको सेवामा दुई दर्जन कर्मचारी खटिएका छन् । तर, राजा रामा दशौं अर्थात् ६७ वर्षीया महा बज्रलङक्रोन आफ्ना छोरालाई भेट्न जाँदैनन् । उनी चार तारे होटल अल्पाइनमा २० जना यौनदासीबाट घेरिएर सेल्फ आइशोलेसनमा बसेका छन् । यी यौनदासीहरुलाई सैनिकको नियुक्ति दिइएको छ । उनीहरुलाई ब्रिटिस स्पेशल फोर्स सरहको एसएएस युनिटको सदस्य बनाइएको छ ।

४९ वर्षीय पत्रकार एन्ड्रिय म्याकग्रिगोर मार्सलका अनुसार बाबुपछि सम्भवत दिपाङक्रन नै राजा हुनेछन् । ‘तर शासन भने अहिलेका राजाकी बहिनी सिरिन्दहोर्न वा दिपाङकोर्नकी सौतेनी दिदी बज्रकीतियाबाले गर्नसक्छन्, ’ मार्सलले भने । त्यतिबेलासम्म सायद यी राजकुमार ताल हेरेरै बस्नेछन् ।