आज कोरोना निको भएर ९ जना घर गए

213
सांकेतिक तस्विर

जेठ १०,
पर्सा । वीरगन्जस्थित नारायणी अस्पतालमा उपचाररत ९ जना कोरोनाभाइरस संक्रमण मुक्त भएका छन् । उनीहरुमा गरिएको पछिल्लो परीक्षणको रिपोर्ट नेगेटिभ आएसँगै डिस्चार्ज गरिएको हो । शनिबार साँझसम्म उनीहरुलाई डिस्चार्ज गरिने नारायणी अस्पतालले जनाएको छ ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट मदन उपाध्यायले ९ जना कोरोनामुक्त भएको भन्दै उनीहरुलाई डिस्चार्ज गरिएको बताए । उनीहरुमध्ये बारा पर्सा र रौतहटका हुन् । कोरोना निको हुनेमा १९ देखि ५१ वर्ष उमेरसम्मका रहेका छन् ।