जनकपुरमा पनि लाग्यो अनिश्चितकालीन कर्फ्यू

5

काठमाडौँ : दुई समुदायबीच तनाव बढेपछि धनुषाको जनकपुरको शहरी क्षेत्रमा कर्फ्यू आदेश जारी भएको छ। जिल्ला सुरक्षा समितिको बैठकपछि कर्फ्यू आदेश जारी भएको हो। प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले बिहीबार दिउँसो साढे ३ बजेदेखि लागू हुनेगरी कर्फ्यु आदेश जारी भएको जानकारी दिए।