आज ३२ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ५४८

95

जेठ १०,
काठमाडौं । शनिबार फेरि थप ३२ जनामा कारोनाभाइरस संक्रमण पुष्टि भएको छ । कपिलबस्तु, सर्लाही, बारा, काठमाडौं, रुपन्देही र चितवनमा गरी ३२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार आज थपिएकासहित नेपालमा कुल संक्रमितको संख्या ५४८ पुगेको छ ।