Tuesday, July 28, 2026
Home Blog Page 1103
भदौं २३, काभ्रे । उपत्यका प्रवेश गर्ने नाका साँगाको सिमानामा सुरक्षार्थ खटिएका सुरक्षाकर्मीहरुमा कोरोना संक्रमण देखिने क्रम बढेको छ । भदौ १८ गते दुई जनामा देखिएको संक्रमण भदौ २३ गते थप ८ जनामा देखिएको छ । स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख एवं बरिष्ठ स्वास्थ्य प्रशासक डा। नरेन्द्रकुमार झाका अनुसार मंगलबार जिल्लामा थपिएका १० नयाँ संक्रमित मध्ये ८ जना सुरक्षाकर्मी हुन्...
संक्रमणमुक्त चिकित्सक भन्छन्– ‘यो भाइरस केही होइन भन्नेहरु एकपल्ट आइसोलेसनका बिरामीहरुको हालत हेर्नुहोला’ ‘२१ दिनको संघर्षपछि भदौ १९ मा डिस्चार्ज भएको हुँ । अहिले घरमै आराम गरिरहेको छु । कोरोनालाई सामान्य नठान्नूस् । म भाग्यवश बाँचेर आएँ । यस्तो अवसर सबैलाई नमिल्न सक्छ ।’ भदौं २३,बर्दिया, बुटवल — ‘कोरोना केही होइन । सामान्य रुघाखोकीजस्तै हो । औषधि पनि खानु पर्दैन । त्यसै ठीक हुन्छ ।’ १४ दिन आइसोलेसन बसाइपछि घर...
भदौं २३, नयाँदिल्ली । भारतको राजधानी नयाँदिल्लीको मेट्रो रेलसेवा पुनः सञ्चालनमा आएको छ । कोरोना भाइरस ९कोभिड–१९० को महामारी नियन्त्रण तथा रोकथामका लागि बन्द गरिएको रेलसेवा सोमबारदेखि खुलेको हो । दिल्ली मेट्रो रेल कर्पोरेसन ९डीएमआरसी० ले सरकारी निर्देशिकाबमोजिम सोमबार बिहान ७ बजेदेखि ४९ किलोमिटर लामो रेलसेवा सञ्चालन ल्याइएको जनाएको छ । लामो समयपछि सञ्चालनमा आएको भए पनि सोमबार रेलमा यात्रुहरूको संख्या निकै...
भदौ २२, काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले भदौ २५ गते देखि सम्पूर्ण व्यवसायीलाई नियमित रुपमा व्यवसाय सञ्चालन गर्न आग्रह गरेको छ । नाडाको आज ९सोमबार० बसेको पदाधिकारी बैठकले भदौ २४ गते सम्म निषेधाज्ञाको समय रहेकोले २५ गते देखि नियमित रुपमा व्यवसाय सञ्चालन गर्न आग्रह गर्ने निर्णय गरेको हो । नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालले १ सय ८० दिन...
भदौ २२, काठमाडौं । कोरोनाभाइरसबाट पछिल्लो २४ घण्टामा काठमाडौंका ३ सहित ११ जनाका मृत्यु भएको छ । यससँगै मृतकको कुल संख्या ३०० पुगेको स्वास्थ्य मन्त्रालयले सोमबार जानकारी दिएको छ । मृतकमा मोरङका ७६ वर्षीय पुरुष रहेका छन् भने सिरहाका ८७ र ६२ वर्षीय पुरुष रहेका छन् । यसैगरी सर्लाहीका ३५ वर्षीय पुरुष, दोलखाका ६९ वर्षीय पुरुष तथा मकवानपुरका पनि...
भदौ २२, काठमाडौं । त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्ले नियम लत्याएर दुईजना विभागीय प्रमुख नियुक्त गरेको छ । मौजुदा नियम मिचेर कार्यकारी परिषद्ले समाजशास्त्र केन्द्रीय विभागको प्रमुखमा सह–प्राध्यापक युवराज लुइँटेल र भाषाविज्ञान केन्द्रीय विभागमा प्रा।डा। बलराम प्रसाईलाई नियुक्त गरेको हो । त्रिभुवन विश्वविद्यालय संगठन तथा शैक्षिक प्रशासन सम्बन्धी नियम(०५० को ०७३ पुस सम्मको संशोधनअनुसार विभागको प्रमुख नियुक्त गर्दा बरिष्ठ शिक्षकहरुमध्येबाट...
भदौ २२, काठमाडौं । कोभिड-१९ का कारण क्षतिग्रस्त भएको पर्यटन व्यवसायलाई पुनः लयमा फर्काउन चार/पाँच वर्ष लाग्ने सरोकारवालाहरुले बताएका छन् । कोरोना भाइरसको संक्रमण कहिलेसम्म रहने हो भन्ने यकिन नभएकाले पर्यटक आउने वतावरण नबनेसम्म पर्यटन क्षेत्रमा सुधार नआउनेमा सरोकारवालाहरुले जोड दिएका छन् । नेपाल आर्थिक पत्रकार समाजले आयोजना गरेको सेजन अर्थ नीति बहस अन्र्तगत पर्यटनको संभावना विषयक भिडियो...
भदौं २२ भक्तपुर । नेपाली सेनाले भक्तपुरमा २४ घण्टामा २२५ वेड क्षमताको आइसोलेशन वार्ड तयार गरेको छ । उपत्यकामा कोरोना संक्रमित बढेपछि संक्रमित भएका सेना र आश्रीत परिवारलाई राख्न सेनाले उक्त तयारी गरेको हो । सेनाले सैनीक आवासीय महाविद्याय सल्लाघारी र सूर्यविनायकस्थित वीरदल गणमा २४ घण्टामा आइसोलेसन वार्ड तयार पारेको हो । सैनीक आवासीय महाविद्यालय सल्लाघारीमा १५० वेड र सूर्यविनायक...
भदौ २१, काठमाडौँ । लकडाउन शुरु भएपछि २०७६ चैतदेखि साउनसम्म २४३ वटा कर्तव्य ज्यानसम्बन्धी मुद्दा प्रहरी कार्यालयमा दर्ता भएका छन् । प्रहरी प्रधान कार्यालयको तथ्यांक अनुसार सबैभन्दा धेरै जेठ र साउनमा हत्या भएका छन् । दुवै महिनामा ५७र५७ वटा हत्याका घटना भएका छन् । चैतमा ४१, वैशाखमा ४५, असारमा ४३ वटा हत्या भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।...
भदांै २१, काठमाडौं । नेपाल प्रहरीका २ हजार १ सयबढीमा कोभिड–१९ देखिएको छ । गत जेठको पहिलो साता एक प्रहरीमा देखिएकोमा गत साउनपछि भने सङ्क्रमण दर ह्यात्तै बढेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । प्रहरी प्रहरीमा दुई हजार १६१ मा सङ्क्रमितमध्ये ९५० जना निको भएर कार्य क्षेत्रमा फर्किसकेको प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक कुबेर कडायतले जानकारी दिए ।...