नाडाको निर्णय, भदौ २५ देखि व्यवसाय खोल्ने

131

भदौ २२,
काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले भदौ २५ गते देखि सम्पूर्ण व्यवसायीलाई नियमित रुपमा व्यवसाय सञ्चालन गर्न आग्रह गरेको छ । नाडाको आज ९सोमबार० बसेको पदाधिकारी बैठकले भदौ २४ गते सम्म निषेधाज्ञाको समय रहेकोले २५ गते देखि नियमित रुपमा व्यवसाय सञ्चालन गर्न आग्रह गर्ने निर्णय गरेको हो । नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालले १ सय ८० दिन सम्म सरकारको आदेश मानेर बसेको अवस्थामा अव हुने लकडाउनको पालना नगर्ने गरी सबै व्यवसायीलाई आफ्नो व्यवसाय सञ्चालन गर्न आग्रह गरिएको बताए । उनले सरकारले देशको अर्थतन्त्रलाई बुझेर व्यवसाय गर्न पाउनेगरी सहजिकरण गर्नुपर्ने बताए ।

सरकारले त्यस्तो व्यवस्था नगरेपनि निषेधाज्ञालाई तोडेर अथवा विद्रोह गरेर भएपनि व्यवसाय सञ्चालन गर्ने बताए । उनले भने, ‘सरकारले बुझेर लकडाउनलाई केही न केही सहजिकरण भन्दा पनि पुरै व्यवसाय गर्न पाउने गरी सहजिकरण गरेर अगाडि बढ्न पर्छ । यदि गरेन भनेपनि यो निषेधाज्ञा तोडिन्छ, जनताले विद्रोह गर्छन, व्यवसायीले विद्रोह गर्छन । यो कसैले पनि मान्ने वाला छैन त्यसकारण कसैले पनि नमान्ने खालको नियम ल्याउनु भनेको यो ठिक हुँदैन सरकारले बुझ्नुपर्छ ।’