लकडाउन पछि २४३ जनाको हत्या

271
सांकेतिक चित्र

भदौ २१,
काठमाडौँ । लकडाउन शुरु भएपछि २०७६ चैतदेखि साउनसम्म २४३ वटा कर्तव्य ज्यानसम्बन्धी मुद्दा प्रहरी कार्यालयमा दर्ता भएका छन् । प्रहरी प्रधान कार्यालयको तथ्यांक अनुसार सबैभन्दा धेरै जेठ र साउनमा हत्या भएका छन् । दुवै महिनामा ५७र५७ वटा हत्याका घटना भएका छन् ।
चैतमा ४१, वैशाखमा ४५, असारमा ४३ वटा हत्या भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । प्रहरीका अनुसार आर्थिक वर्ष २०७६/०७७ मा ५ सय ५५ हत्या भएका छन् ।

अधिकांश हत्या आफन्त र चिनजानका मान्छेबाट भएका छन् । घर–परिवार हरेक मानिसका लागि जीवनको मुख्य सहारा हो । तर कहिलेकाहीँ त्यही घर–परिवारबाट मानिसको जीवन समाप्त पनि हुन्छ ।जहाँ मानिसले आफूलाई सबैभन्दा बढी सुरक्षित महसुस गर्नुपर्ने हो, त्यहीँ असुरक्षित भएर जीवन गुमाउनुपर्ने अवस्था आउनु भनेको सभ्य समाज निर्माणका लागि मुख्य चुनौती पनि हो ।
पछिल्लो समय घर–परिवारकै सदस्यबाट भएका आपराधिक घटनामा ज्यान गुमाउनेहरुको संख्या बढ्दै गएको छ । सांघातिक आक्रमण तथा हत्याका घटनामा आफ्नै परिवारका सदस्य तथा चिनजानकै व्यक्ति संलग्न रहेको उदाहरण प्रशस्त पाइन्छ ।