त्रिभुवन विश्वविद्यालयमा नियम लत्याएर दुई विभागीय प्रमुख नियुक्त

338

भदौ २२,
काठमाडौं । त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्ले नियम लत्याएर दुईजना विभागीय प्रमुख नियुक्त गरेको छ । मौजुदा नियम मिचेर कार्यकारी परिषद्ले समाजशास्त्र केन्द्रीय विभागको प्रमुखमा सह–प्राध्यापक युवराज लुइँटेल र भाषाविज्ञान केन्द्रीय विभागमा प्रा।डा। बलराम प्रसाईलाई नियुक्त गरेको हो । त्रिभुवन विश्वविद्यालय संगठन तथा शैक्षिक प्रशासन सम्बन्धी नियम(०५० को ०७३ पुस सम्मको संशोधनअनुसार विभागको प्रमुख नियुक्त गर्दा बरिष्ठ शिक्षकहरुमध्येबाट सम्बन्धित डिनको राय लिएर ३ जनाको सिफारिस गर्नुपर्ने व्यवस्था छ । डिनको राय लिएर पछि शिक्षाध्यक्षले कार्यकारी परिष्दमा पेश गर्नुपर्छ । तर, कानुनी व्यवस्थालार्ई बेवास्ताा गर्दै डिनको लिखित राय नै नलिईकन कार्यकारी परिषद्ले सह–प्राध्यापक लुइटेल र प्रा।डा।प्रसाईलाई नियुक्त गरेको छ ।