२४ घण्टामा कोरोनाबाट ११ जनाको मृत्यु

133
सांकेतिक तस्विर

भदौ २२,
काठमाडौं । कोरोनाभाइरसबाट पछिल्लो २४ घण्टामा काठमाडौंका ३ सहित ११ जनाका मृत्यु भएको छ । यससँगै मृतकको कुल संख्या ३०० पुगेको स्वास्थ्य मन्त्रालयले सोमबार जानकारी दिएको छ ।
मृतकमा मोरङका ७६ वर्षीय पुरुष रहेका छन् भने सिरहाका ८७ र ६२ वर्षीय पुरुष रहेका छन् । यसैगरी सर्लाहीका ३५ वर्षीय पुरुष, दोलखाका ६९ वर्षीय पुरुष तथा मकवानपुरका पनि ३९ वर्षीय पुरुष रहेका छन् ।
यसैगरी काठमाडौंका ३७, ९० र ८३ वर्षीया महिला रहेका छन् भने कास्कीकी ६३ वर्षीया महिलाको पनि मृत्यु भएको छ। यस्तै बाँकेका ५९ वर्षीय पुरुषको पनि मृत्यु भएको छ ।