दिल्लीमा १६९ दिनपछि चल्यो मेट्रो रेल

195
भारतको राजधानी नयाँदिल्लीमा सोमबारदेखि पुनस् सञ्चालन गरिएको मेट्रो रेलका यात्रु । तस्बिर: एजेन्सी

भदौं २३,
नयाँदिल्ली । भारतको राजधानी नयाँदिल्लीको मेट्रो रेलसेवा पुनः सञ्चालनमा आएको छ । कोरोना भाइरस ९कोभिड–१९० को महामारी नियन्त्रण तथा रोकथामका लागि बन्द गरिएको रेलसेवा सोमबारदेखि खुलेको हो । दिल्ली मेट्रो रेल कर्पोरेसन ९डीएमआरसी० ले सरकारी निर्देशिकाबमोजिम सोमबार बिहान ७ बजेदेखि ४९ किलोमिटर लामो रेलसेवा सञ्चालन ल्याइएको जनाएको छ । लामो समयपछि सञ्चालनमा आएको भए पनि सोमबार रेलमा यात्रुहरूको संख्या निकै न्यून रहेको थियो । ‘लाइनमा बस्न नपरोस् भनेर म छिट्टै आइपुगेको थिएँ । स्नेसनमा मानिसको खासै भीड थिएन र यात्रुहरूले निर्देशनहरूको पालना गरेका थिए,’ एक यात्रु कुमुद प्रियाले भने ।

यात्रुहरूले रेलसेवा सञ्चालनमा आएकोमा आफूहरूलाई खुसी लागेको बताएका भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । सोमबारदेखि आंशिक रूपमा सञ्चालनमा ल्याएको भए पनि सेप्टेम्बर १२ देखि मेट्रोले पूर्णरूपमा सेवा दिने डीएमआरसीले जनाएको छ । डीएमआरसी प्रमुख मन्गु सिंहले प्रभावकारी र सुरक्षित सेवाका लागि यात्रुहरूको सहयोग अत्यावश्यक भएको बताएका छन् । भारको केन्द्र सरकारले जारी गरेकोको निर्देशिकाअनुसार दिल्ली राज्यमा व्यावसायिक गतिविधि सञ्चालन हुन थालिसकेका छन् । जसका कारण सार्वजनिक यातायातको समस्या हुन थालेपछि केही दिनअघि दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालले मेट्रो रेलसेवा सञ्चालनका लागि केन्द्र सरकारसँग अनुमित मागेका थिए । एजेन्सी