साँगामा खटिएका सुरक्षाकर्मीमा कोरोना संक्रमण बढ्दो

279

भदौं २३,
काभ्रे । उपत्यका प्रवेश गर्ने नाका साँगाको सिमानामा सुरक्षार्थ खटिएका सुरक्षाकर्मीहरुमा कोरोना संक्रमण देखिने क्रम बढेको छ । भदौ १८ गते दुई जनामा देखिएको संक्रमण भदौ २३ गते थप ८ जनामा देखिएको छ । स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख एवं बरिष्ठ स्वास्थ्य प्रशासक डा। नरेन्द्रकुमार झाका अनुसार मंगलबार जिल्लामा थपिएका १० नयाँ संक्रमित मध्ये ८ जना सुरक्षाकर्मी हुन् ।

लक्षण देखिएका दुई र लक्षण नदेखिएका ६ जनालाई परिक्षण गरी उपचारका लागि आईसोलेसनमा राखिएको शशस्त्र प्रहरी वल १५ नम्वर गण पाँचखालका प्रमुख एसपी महेश केसीले जानकारी दिए । यस अघि संक्रमण देखिएको दुई जनाको सम्पर्कमा रहेका सुरक्षाकर्मीहरुको कोरोना परिक्षण देखिएको थियो । जिल्लामा संक्रमित हुनेहरुको संख्या ३ सय २९ पुगेको छ । जसमा सुरक्षाकर्मीको संख्या ४० रहेको छ ।

सोमबार विरेन्द्र सैनीक तालिम केन्द्रमा खटिएका पाँच जनामा कोरोना संक्रमण देखिएको थियो । जिल्लामा रहेको नेपाली सेना, नेपाल प्रहरी र शशस्त्र प्रहरीमा संक्रमण देखिएको छ । संघीय प्रहरी कार्यालय बनेपामा कार्यरत १९ प्रहरी कर्मचारी, जिल्ला प्रहरी कार्यालय काभ्रेमा कार्यरत ३ प्रहरी कर्मचारी, नेपाली सेनामा कार्यरत ८ जना सैनीक र शशस्त्र प्रहरीमा कार्यरत १० जना प्रहरीमा संक्रमण देखिएको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झाले बताए । newsofnepal