Wednesday, July 15, 2026
Home Blog Page 937
काभ्रे । २०७४ सालको निर्वाचनमा ७ स्थानीय तहमा जितेको नेकपा एमाले यसपाली निकै कमजोर देखिएको छ । एमालेका कार्यकर्ता र नेताले गठबन्धन कारण जित्न नसकेको भन्दै मन बुझाएका पनि भेटिन्छन् । तर, एमालेका पोलिटब्यूरो सदस्य गोकुल बाँस्कोटा र जिल्ला अध्यक्ष अशोक व्यन्जुको कारणले काभ्रेमा एमाले कमजोर हुदैं गएको एक नेताले बताए । २०७४ सालको निर्वाचन परिणाम ल्याउन नसक्दा अब...
बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका रामकृष्ण खाँण निर्वाचित भएका छन् । एमालेका मोहन चापागाईलाई ७६५ मतान्तरले पराजित गर्दै खाँण मेयरमा निर्वाचित भएका हुन् । खाँणले २४ हजार ३९६ मत पाएर निर्वाचित हुंँदा चापागाईले २३ हजार ६३१ मत पाए ।मेयरमा निर्वाचित खाँण २०७४ को चुनावमा एमालेका बासुदेव घिमिरेसँग पराजित भएका थिए । अघिल्लो चुनावमा राष्ट्रिय जनमुक्ति पार्टींसँग...
काठमाडौँ । नेपाल प्रहरीले इटहरीस्थित ब्लुमिङ लोटस् ईङ्लिस स्कुलमा अध्ययनरत छात्रालाई बलात्कार गरेको अभियोगमा फरार रहेका सोही स्कुलका तत्कालीन प्रिन्सिपल ४ वर्षपछि काठमाडौंबाट पक्राउ परेका छन् । इटहरी उपमहानगरपालिका–५ स्थित स्कुलका तत्कालीन प्रिन्सिपल राजकुमार खड्का १५ वर्षीय छात्रालाई २०७४ साउन २६ मा गेस्ट हाउसमा लगेर बलात्कार गरेको कसुरमा पीडितका तर्फबाट प्रहरीमा किटानी जाहेरी परेपछि फरार थिए । सिन्धुली कमलामाई स्थायी...
काठमाडौँ । बाराको निजगढमा प्रस्तावित अन्तर्राष्ट्रिय विमानस्थल बनाउनेबारे सरकारले अहिलेसम्म गरेका सबै निर्णय सर्वोच्च अदालतले बदर गरिदिएको छ । बृहत पूर्ण इजलासले बिहीबार सरकारलाई नेपाललाई अर्को वैकल्पिक विमानस्थल चाहिने भए निजगढको विकल्प खोज्न आदेश दिएको हो । वरिष्ठ अधिवक्ता प्रकाशमणि शर्मा र रञ्जुहजुर पाँडेले दायर गरेको रिटमा अन्तिम आदेश गर्दै सर्वोच्चका न्यायाधीशहरू हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा,...
काठमाडौं । काठमाडौं महानगरपालिकाको अहिलेसम्म मतपरिणाम भएका वडाहरूमा नेपाली कांग्रेसले १८ वडामा वडाध्यक्ष जितेको छ। मतगणना अन्तिम चरणमा पुगेको छ। अब वडा नम्बर १४ को मत गणना गर्न बाँकी छ।कांग्रेसले वडाअध्यक्षसँगै बहुमत वडा सदस्य पनि जितेको छ। कांग्रेसले वडा नम्बर ६ देखि १२ सम्मका सबै वडामा वडाध्यक्ष जितेको छ। वडा नम्बर २४ देखि ३० सम्म पनि कांग्रेसले वडाध्यक्ष जितेको...
जेठ १२,काठमाडौं : 'मानिस ठूलो दिलले हुन्छ' नामक गीति चलचित्र निर्माण हुने भएको छ। मंगलवार काठमाडौंमा पत्रकार सम्मेलन गरी चलचित्र निर्माण गर्ने जानकारी गराइएको हो। उक्त फिल्म सौरपानी मिडिया प्रा.लि.ले बनाउन लागेको हो। कार्यक्रममा बोल्दै निर्माता मनु नेपाली पनेरुले फिल्ममा बच्चादेखि नै भिन्न जातिका दुईजना बालबालिका एकापसमा धेरै नजिक हुने र पछि छुट्ने तर एक दोहोरीमा अचानक भेट हुने...
जेठ १२,काठमाडौं : काठमाडौँ महानगरपालिकाको प्रमुखमा जित पक्का गरिसकेका स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहका समर्थकहरुले विजय जुलुसको तयारी गरेका छन्। शाहको चुनावी अभियानमा सक्रिय गणेश कार्कीले सामाजिक सञ्जाल फेसबुकमार्फत् विजयी जुलुस निकालिने तयारी गरिएको जानकारी दिएका छन्। 'अन्तिम घोषणा भएको केहि समयपछि हाम्रो र्‍याली सभा गृहबाट सुरु भएर भद्रकाली, शहीदगेट हुँदै त्रिपुरेश्वर, कालीमाटीबाट कलंकी पुग्नेछौँ', उनले लेखेका छन्,...
जेठ १२,काठमाडौं : सिन्धुपाल्चोकको सुनकोशी गाँउपालिका–७ मा गएराति एम्बुलेन्स अनियन्त्रित भएर सडक छेउमा रहेको घरमाथि पल्टिँदा एक जना मृत्यु भएको छ।मृत्यु हुनेमा सुतिरहेकी अन्दाजी ७९ वर्षीया मनमाया खड्का रहेकी छिन्। उनी एम्बुलेन्स पल्टिँदा निदाएकै स्थानमा च्यापिएकी थिइन्। दोलखाबाट काठमाडौं आउदै गरेको बा २० च ६३२७ नम्बरको एम्बुलेन्स पल्टिएको थियो। चालक फरार रहेकाले खोजी भइरहेको प्रहरी चौकी लामोसाँघु सिन्धुपाल्चोकले जनाएको...
जेठ १२,काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रम चास्नीमा नडुबाएको तेलमा तारेको जेरी जस्तो भएको टिप्पणी गरेका छन्। प्रतिनिधि सभामा आर्थिक वर्ष २०७९/८० का लागि प्रस्तुत नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै अध्यक्ष ओलीले सरकारको कार्यक्रम चास्नीमा नडुबाएको तेलमा तारेको जेरी जस्तो भएको टिप्पणी गरेका हुन्। उनले भने ‘एउटा बुदामा पनि एक आपसमा...
भक्तपुर । चाँगुनारायण नगरपालिका वडा नं. १ को पून मतगणनाको माग गर्दै एक जना उम्मेदवारले उच्च अदालतका रिट दिएका छन् । नेकपा एमालेका तर्फबाट उक्त वडा अध्यक्षको उम्मेदवार रहेका इश्वर थापाले हिजो १० गते उच्च अदालत पाटनमा रिट दिएका हुन् । एमालेका वडा अध्यक्षका उम्मेदवार थापाले नेपाली कांग्रेसले डमी उम्मेदवार धेरै उठाएको र मतगणना स्थलमा १ सय मतगणना गर्दा...