गोकुल र अशोकको रवैयाले काभ्रेमा एमाले कमजोर बन्दै

658

काभ्रे । २०७४ सालको निर्वाचनमा ७ स्थानीय तहमा जितेको नेकपा एमाले यसपाली निकै कमजोर देखिएको छ । एमालेका कार्यकर्ता र नेताले गठबन्धन कारण जित्न नसकेको भन्दै मन बुझाएका पनि भेटिन्छन् । तर, एमालेका पोलिटब्यूरो सदस्य गोकुल बाँस्कोटा र जिल्ला अध्यक्ष अशोक व्यन्जुको कारणले काभ्रेमा एमाले कमजोर हुदैं गएको एक नेताले बताए । २०७४ सालको निर्वाचन परिणाम ल्याउन नसक्दा अब हुने संघीय निर्वाचन समेत बाँस्कोटालाई ठुलो चुनौती हुने देखिन्छ, उनले भने ।

बाँस्कोटा नकारात्मक छवि
पत्रकारिताको पृष्ठभूमीबाट पार्टी राजनितीमा प्रवेश गरेका बाँस्कोटा हक्की स्वभावका मानिन्छ । तर, एउटा टेप प्रकरणले संचारमन्त्री पदबाट राजिनामा दिएका उनप्रति जनताको बुझाई सकारात्मक छैन् । निर्वाचित भएपछि बनेपा, धूलीखेल, पाँचखाल र पनौतीका शहरी कार्याक्रममा पुगेपनि आफुलाई मत दिएर जिताएका धेरै जनता समक्ष एक पटक पनि जान नसक्नु उनको कमजोरी भएको काभ्रेका सर्वसाधरण हरु बताउँछन् । विकाश योजनामा समेत सम्बन्धीत भूगोलका पार्टी पक्तिसंग समन्वय गर्न नसक्नु बाँस्कोटा कमजोरी देखिन्छ ।

स्थानीय तहको निर्वाचन केही उम्मेदवार छनोटमा समेत बाँस्कोटाले गरेको कमजोरीले पार्टी हारेको एमालेका कार्यकर्ताको आरोप छ । आफु वरपर घुम्ने गणेश प्रवृत्तिलाई मात्रै राम्रो मान्ने भएकाले काभ्रेमा एमाले कमजोर हुदैं गएको एमालेजनको गुनासो छ ।
बाँस्कोटाको निर्वाचनमा पर्ने अधिंकाश क्षेत्रका स्थानीय तहका एमाले पराजित भएको छ । त्यसैपनि गत निर्वाचनमा जस्तो लोकप्रीय मत ल्याउन उनले मैदानमा ठुलो मेहनत गर्नु पर्ने देखिन्छ ।

अर्को तर्फ तुच्छ बोली र सामाजिक संजालमा लेखाईले पनि बाँस्कोटाप्रति न्यूटन मत दिनेहरु रिसाएका छन् । मन्त्री हुदाँ समेत एक पटक एउटा वडामा पाइला राख्न नगएका बाँस्कोटा अब के भनेर मत माग्ने जाने पहिलो समस्या तेही छ ।

‘अशोक व्यन्जुले नैतिकता भए राजिनामा दिनुपर्छ’
२०७४ सालको निर्वाचनमा ७ स्थानीय सरकार जितेको एमाले यसपटक भने मुस्किलले धुलीखेल जितेको छ । तेहाँपनि एमाले उपमेयर गूमाएको छ । पनौती, बनेपा र पाँचखालमा उपमेयर जितेको छ । तर गठबन्धनको आरोप लगाएपनि व्यन्जुको सानो सोचका कारण एमाले कमजोर भएको धैरैको भनाई छ । गोकुल बाँस्कोटाको आशिवार्द पाएर पटक-पटक धूलिखेलको मेयर र पार्टी अध्यक्ष भएका व्यन्जुका कारणले नै धूलीखेलमा एमालेको ठुलो पक्ति कांग्रेस प्रवेश गर्यो ।

यी दुई नेताले आफुले आत्मसमिक्षा नर्गने हो भने एमाले सकिदैं जाने निश्चित भएको नाम नबताउने सर्तमा एक एमालेका नेताले भने ।