Wednesday, July 15, 2026
Home Blog Page 938
काठमाडौं । सत्तारुढ विद्यार्थी संगठनहरूले आयल निगम घेराउ गरेका छन् । पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ताको माग गर्दै संयुक्त विद्यार्थी संगठनले निगममा घेराउ गरेका हुन् । निगमको कार्यालय पुगेका नेविसंघ, अनेरास्ववियु क्रान्तिकारी लगायत सत्तारुढ दल आवद्ध विद्यार्थीहरूले मूल्य वृद्धि खारेज गर्नुपुर्ने र निर्देशकको राजीनामासमेत माग गगरेका छन् । आइतबार रातिदेखि लागू हुनेगरी सातामै दोस्रो पटक नेपाल आयल निगमले इन्धनको...
काठमाडौं । स्थानीय तह निर्वाचनमा पार्टीको निराशाजनक परिणाम आएको भन्दै विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले पदबाट राजीनामा दिएका छन् । मिश्रले बुधबार प्रेस वक्तव्य जारी गर्दै चुनावी परिणामको जिम्मेवारी लिंदै राजीनामा दिएको उल्लेख गरेका छन् । ‘गत ५ वर्ष तन, मन र धनले भ्याएसम्म पहिले संयोजक र पछि अध्यक्षका रूपमा निस्वार्थ र इमानदार प्रयास गर्दागर्दै पनि...
काठमाडौं महानगरपालिकामा मत गन्न बाकीँ रहदैमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह विजयी भएका छन् । मतगणना सकिनुअघि नै उनले गन्न बाँकी भन्दा बढी मतान्तर बनाएसँगै विजयी भएका हुन् । एमाले उम्मेदवार केशव स्थापितसँग २१ हजार १२१ र सत्ता गठबन्धनको साझा उम्मेदवार नेपाली काँग्रेसकी सिर्जना श्रेष्ठसँग २० हजार ३७६ को मतान्तर छ ।यस्तै उप मेयरमा भने एमालेकी सुनिता डंगोल...
भक्तपुर । भक्तपुर जिल्लाको चार नगरपालिकामा रहेका ३८ वटा वडाहरुमा १५ वटा जित्दै नेपाली कांग्रेस पहिलो भएको छ । १२ वडामा जित हासिल गदैै नेमकिपा दोस्रो भएको छ । ९ वडामा जित हासिल गर्दै एमाले तेस्रो भएको छ । २ वडा जित्दै राप्रपा चौथो भएको छ । नेकपा माओवादी र नेकपा एकिकृत समाजवादी कुनैपनि वडामा जित हासिल गर्न सकेनन्...
जेठ ११,काठमाडौं : नेपालमा हाइड्रोजन, एमोनिया र युरियाबाट इन्धन उत्पादन हुने भएको छ। नेपाल विद्युत प्राधिकरणले दक्षिण कोरियाको ग्लोबल ग्रिन ग्रोथ इन्स्टिच्यूट (जिजिजिआई)सँग हाइड्रोजन इन्धन उत्पादनका लागि सम्झौता गरेको छ।प्राधिकरणले गरेको सम्झौता पत्रमा नेपालमा हाइड्रोजन, एमोनिया र युरियाबाट इन्धन उत्पादन शुरु गर्ने उल्लेख गरिएको हो। सिंहदरबारमा मंगलबार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालको उपस्थितिमा जिजिजिआईका महानिर्देशक फ्रेंक रिजस्वेर्मन...
जेठ ११,चितवन : भरतपुर महानगरपालिकाको पदभार ग्रहण गरेसँगै नगरप्रमुख रेनु दाहालले दुई महत्त्वपूर्ण निर्णय गरेकी छिन्।पहिलो निर्णय अनुसार अब महानगरभित्रका बासिन्दाले मासिक सात हजार लिटर खानेपानी निःशुल्क पाउने छन्। यस्तै महानगरभित्र जन्मिने छोरीलाई एक लाख रुपैयाँको छोरी बिमा निर्णय गरिएको छ।महानगरभित्रका झण्डै ५२ प्रतिशत जनताले बुधबारदेखि नै निःशुल्क खानेपानी पाउने भएका छन्। यसका लागि वार्षिक दुई करोड ५० लाख...
जेठ ११,स्याङ्जा : कालिगण्डकी गाउँपालिकाले प्रत्येक घरधुरीमा इन्डक्सन चुल्हो वितरण गर्ने भएको छ। गाउँपालिकाले करिब चार हजार ६०० घरधुरीलाई इन्डक्सन चुल्हो वितरण गर्ने योजना अघि सारेको हो ।गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षले पदभार ग्रहण गर्दै ग्यासको मूल्यवृद्धिलाई मध्यनजर गरेर गाउँपालिकाभित्रका सबै घरधुरीमा इन्डक्सन दिने योजना बनाएका हुन्। ‘घर–घरमा रहेका ग्यासका सिलिण्डर लिने र इन्डक्सन चुल्हो दिने निर्णय गरेका छौँ’,...
जेठ ११,काठमाडौं : ७ सय ५३ स्थानीय तह मध्ये हालसम्म ७ सय ४४ स्थानीय तहमा नयाँ जनप्रतिनिधि निर्वाचित भइसकेका छन्। ८ स्थानीय तहमा मतगणना चलिरहेको छ भने बाजुराको बुढीगंगा नगरपालिकामा मतगणना सुरु हुन सकेको छैन।मतगणना चलिरहेका काठमाडौं महानगरपालिकासहित ८ वटा स्थानीय तहको अन्तिम मतपरिणाम आउन बाँकी रहेको छ। दाङको तुल्सीपुर उपमहानगरपालिका, उदयपुरको कटारी र त्रियुगा नगरपालिका, रौतहटको फतुवा...
काठमाडौं । एक विद्यालयमा अन्धाधुन्ध गोली प्रहार हुँदा एक जना शिक्षक र १८ जना विद्यार्थीको मृत्यु भएको छ । एक जेष्ठ नागरिक र १० वर्षीया बालिका सख्त घाइते भएका छन् । अमेरिकाको टेक्सस राज्यस्थित एक प्राथमिक विद्यालयमा बन्दुकधारीले गोली प्रहार गरेको बीबीसीले जनाएको छ । यो विद्यालदयमा १० वर्षसम्मका बालबालिकाहरू अध्ययन गर्ने गर्छन् । राज्यका गभर्नर ग्रेग याबटले...
काठमाडौं । किसानले खेतमा धान रोप्ने समय सुरु भइसकेको छ । तर, धेरै स्थानमा रसायनीक मलको अभाव देखिएको छ । सरकारले समयमै मल उपलब्ध नगराउने हो भने किसानले रोपेको धान पराल मात्रै हुने देखिन्छ । त्यसैले काभ्रे जिल्लाका किसानहरुले बागमती प्रदेशका कृषि मन्त्री बसुन्धरा हुमगाईलाई प्रश्न गर्न थालेका छन् । उनीहरुले सामाजिक संजाल मार्फत मन्त्री हुमगाई मन्त्री ज्यू मल...