एपिएफ ईन्टेलिजेन्स ब्युरोको बिशेष सुचनाको आधारमा सशस्त्र प्रहरीले असार २८ गते कटुवा पेस्तोलसहित एक जनालाई नियन्त्रणमा लिएको छ ।
मोरङ जिल्लाको बिराटनगर महानगरपालिका–१४ जतुवामा डेरा गरी बस्ने ३१ बर्षिय सुवास यादबको साथबाट कटुवा पेस्तोल १ थान, सोको राउण्ड १ वटा र १ सय ४० ग्राम गाँजासहित सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म रानीले उनलाई नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिइएको उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागी नेपाल प्रहरीलाई बुझाईएको छ ।
सशस्त्र प्रहरीद्वारा अवैध सामान बरामद
कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका–१९ खेदाघाट सीमा ईलाकाबाट असार २८ गते सशस्त्र प्रहरीले ५ लाख २३ हजार २ सय रुपैयाँ बराबरको लत्ताकपडा तथा हार्डवयरको सामान बरामद गरेको छ ।
बेवारिसे अवस्थामा रहेको उल्लेखित सामान सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट लल्लिपुरले बरामद गरेको हो । बरामद सामान कैलाली भन्सार कार्यालय त्रिनगरमा बुझाइएको छ ।
यसैगरी कैलाली जिल्लाको भजनि नगरपालिका–३ स्थित ठेकीपुरस्थित सीमा ईलाकाबाट असार २८ गते सशस्त्र प्रहरीले १ लाख ७७ हजार १ सय ५० रुपैयाँ बराबरको कस्मेटिक सामान र मोबाईलका पाट्र्सहरु बरामद गरेको छ । बेवारिसे अवस्थामा रहेको उल्लेखित सामान सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म खक्रौलाले बरामद गरेको हो ।













