चाँगुनारायण वडा नं. १ मा पूनः मतगणनाको माग, अदालतले दियो यस्तो आदेश

2427

भक्तपुर । चाँगुनारायण नगरपालिका वडा नं. १ को पून मतगणनाको माग गर्दै एक जना उम्मेदवारले उच्च अदालतका रिट दिएका छन् । नेकपा एमालेका तर्फबाट उक्त वडा अध्यक्षको उम्मेदवार रहेका इश्वर थापाले हिजो १० गते उच्च अदालत पाटनमा रिट दिएका हुन् । एमालेका वडा अध्यक्षका उम्मेदवार थापाले नेपाली कांग्रेसले डमी उम्मेदवार धेरै उठाएको र मतगणना स्थलमा १ सय मतगणना गर्दा २ देखि ३ मत थपेको आरोप लगाए ।

‘स्वतन्त्र उम्मेदवारको रुपमा रहेका डमी उम्मेदवारका वा प्रतिनिधीले जालझेल गरे १२ मत बढाएर कांग्रेसका उम्मेदवारलाई निर्वाचन जिताए’ थापाले भने । उच्च अदालतले विपक्षिको नाममा कारण देखाउ आदेश दिएको छ । मतपत्र र मुचुल्का सम्बन्धी कागपत्र झिकाउन समेत आदेश दिएको छ । निर्वाचन आयोगले भने कांग्रेसका उम्मेदवार सिजन कार्कीले १२२५ र एमालेका थापाले १२१३ मत ल्याएको उल्लेख उल्लेख गरेको छ ।