Monday, September 28, 2026
Home मनोरन्जन ‘मानिस ठूलो दिलले हुन्छ’ नामक गीति चलचित्र निर्माण

‘मानिस ठूलो दिलले हुन्छ’ नामक गीति चलचित्र निर्माण

153

जेठ १२,

काठमाडौं : ‘मानिस ठूलो दिलले हुन्छ’ नामक गीति चलचित्र निर्माण हुने भएको छ। मंगलवार काठमाडौंमा पत्रकार सम्मेलन गरी चलचित्र निर्माण गर्ने जानकारी गराइएको हो। उक्त फिल्म सौरपानी मिडिया प्रा.लि.ले बनाउन लागेको हो। कार्यक्रममा बोल्दै निर्माता मनु नेपाली पनेरुले फिल्ममा बच्चादेखि नै भिन्न जातिका दुईजना बालबालिका एकापसमा धेरै नजिक हुने र पछि छुट्ने तर एक दोहोरीमा अचानक भेट हुने सुखद कहानी रहेको बताए। उनले यो गीति फिल्म मुनामदनबाट प्रेरित भएको तर मुनामदनका कथावस्तुहरू नरहने पनि बताए।फिल्ममा अविनाश न्यौपाने, श्रीया कार्की, मोहन निरौला, उत्तम केसी, सरू सुनार, शुभम आचार्य र सुविना न्यौपानेको अभिनय रहनेछ। देवेन्द्र पाण्डेले निर्देशन गर्ने फिल्मको छायांकन उत्सव दाहाल र सम्पादन विकास दाहालले गर्नेछन्।