Tuesday, September 29, 2026
Home राजनीति बालेन्द्र शाहका समर्थकहरुले विजय जुलुसको तयारी गरेका छन्

बालेन्द्र शाहका समर्थकहरुले विजय जुलुसको तयारी गरेका छन्

158

जेठ १२,

काठमाडौं : काठमाडौँ महानगरपालिकाको प्रमुखमा जित पक्का गरिसकेका स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहका समर्थकहरुले विजय जुलुसको तयारी गरेका छन्। शाहको चुनावी अभियानमा सक्रिय गणेश कार्कीले सामाजिक सञ्जाल फेसबुकमार्फत् विजयी जुलुस निकालिने तयारी गरिएको जानकारी दिएका छन्। ‘अन्तिम घोषणा भएको केहि समयपछि हाम्रो र्‍याली सभा गृहबाट सुरु भएर भद्रकाली, शहीदगेट हुँदै त्रिपुरेश्वर, कालीमाटीबाट कलंकी पुग्नेछौँ’, उनले लेखेका छन्, ‘त्यहाँबाट स्वयम्भु, बालाजु, महाराजगञ्ज, चाबाहिल हुँदै गौशाला, एयरपोर्ट, सिनामंगलबाट पुरानो बानेश्वर, मैतीदेवी, पुतलीसडक, बागबजार हुँदै खुल्लामञ्चमा गएर समापन गर्नेछौँ ।’आफूलाई पायक पर्ने समय र स्थान मिलाएर र्‍यालीमा सामेल हुन सक्ने उनले जानकारी दिएका छन्। पछिल्लो परिणाम अनुसार १ लाख ८३ हजार ६ सय ७९ मत गणना भइसकेको निर्वाचन अधिकृतको कार्यालय काठमाडौंले जनाएको छ। अब तीन वडाको ७ हजार मत मात्रै गणना बाँकी छ। पछिल्लो परिणाम अनुसार स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले ५९ हजार १ सय ४९ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी सिर्जना सिंहले ३७ हजार ५ सय ४२ मत प्राप्त गरेकी छन्। यसैगरी एमाले उम्मेदवार केशव स्थापितले ३७ हजार २ सय १८ मत पाएका छन्।