Saturday, May 16, 2026
Home Blog Page 478
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहतका आयोग, विभाग र कार्यालयहरूको ब्रिफिङ लिँदैछन् ।गत बुधबार आफू मातहतका कार्यालयहरूको ब्रिफिङ लिने क्रममा बाकी रहेका कार्यालयहरूको ब्रिफिङ आज लिन लागेका हुन ।
काठमाडौँ । अघिल्लो दिन ४१ अङ्कले घटेर २१२७.५२ विन्दुमा झरेको सेयर बजार परिसूचक नेप्से आज पनि १५ अङ्कमाथिले घट्न पुगेको छ । नेपाल स्टक एक्सचेन्ज अनुसार आज नेप्से सूचक १५.७४ अङ्कले घट्दै २१११.६३ विन्दुमा झरेको हो ।दोहोरो अङ्कले नेप्से घटेको यस दिन कारोबार रकम समेत २ अर्बमा झरेको छ । आज कूल २ अर्ब ८२ करोड ४५ लाख रुपैयाँ...
काभ्रेपलाञ्चोक । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले चालु आर्थिक वर्षमा राजस्व परिचालनमा धेरै पछाडि परिएको बताएका छन् । काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालयमा नवनिर्मित बलराम-तारा प्रधान इनर्जी ल्याब भवनको आज उद्घाटन गर्दै गत आवको यही समयको राजस्व परिचालन दरको तुलनामा निकै पछाडि परिएको बताएका हुन् ।‘चालु आवमा राजस्व परिचालनमा हामी निकै पछाडि परेका छौँ, पुँजीगत खर्च जम्मा १४ देखि १५...
भक्तपुर । भक्तपुरको कमलविनायकस्थित पारागन ऐकेडेमी(सेकेण्डरी बोर्डिङ स्कुल)को २० औ वार्षिककोत्सव सम्पन्न भएको छ । सोमबार सम्पन्न वार्षिकोत्सवसँगै भएको पुरस्कार वितरण, अभिभावक दिवस तथा सांस्कृतिक कार्यक्रमको उद्घाटन बागमती प्रदेश सभा सदस्य सुरेन्द्रराज गोसाइँले गरेका थिए ।कार्यक्रममा सांसद गोसाइँले अहिलेको शिक्षाले समाजमा विभिन्न खाले समस्या उत्पन्न गराइरहेको बताउँदै त्यसको कारण शासक दलहरु रहेको बताए । उनले शासक दलहरुले देशको माटो,...
भक्तपुर । भक्तपुरको कमलविनायकस्थित टाउन प्लानिङमा रहेको रोम्बस नेशनल स्कुलको नवौं वार्षिकोत्सव सम्पन्न भएको छ । वि.सं. २०७० सालमा स्थापित सो विद्यालयको नवौं वार्षिकोत्सव सोमबार विद्यालय प्राङ्गणमा भएको हो । सो वार्षिकोत्सवको उद्घाटन मूल्य शिक्षाका अभियन्ता डा. चिन्तामणि योगीले गरेका थिए ।स्थापनाको छोटो समयमै भक्तपुरको एक स्थापित विद्यालयको रुपमा परिचय बनाउन सफल सो विद्यालयमा अहिले ७ सय विद्यार्थी पढिरहेका...
काठमाडौँ । मोबाइल एप्लिकेसन तथा क्युआर कोडबाट दैनिक कारोबार गर्न पाइने रकमको सीमा बढेको छ । नेपाल राष्ट्र बैङ्कले विद्युतीय भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन जारी गर्दै मोबाइल एप्लिकेसन तथा क्युआर कोडबाट दैनिक ३ लाख रुपैयाँसम्म कारोबार गर्न सकिने सुविधा कायम गरेको छ । यसअघि दैनिक २ लाख रुपैयाँसम्मको मात्रै सीमा थियो ।त्यस्तै वालेटबाट बैङ्क खातामा वा बैङ्क खाताबाट वालेटमा...
चौतारा । सिन्धुपाल्चोकको ईन्द्रावती गाउँपालिका–२ कुञ्चोकका महिला गाउँमै उत्पादन गरिएको प्राङ्गारिक सिस्नुको पाउडरलाई ब्रान्ड बनाएर बिक्री गर्न एकजुट भएका छन् । जौडाँडा महिला बहुउद्देश्यीय सहकारी संस्थाका महिलाले खेरगइरहेको बाँझो जग्गा तथा करेसाबारीमा सिस्नु खेती गरेका छन् ।सुरुमा सिस्नु खेती गर्दा गाउँवासीले गिज्याए पनि अहिले यसले व्यावसायिकरूप लिएपछि अन्य महिला दिदीबहिनी पनि यसतर्फ आकर्षित भएको स्थानीयवासी निर्मला सुनारले बताइन् ।...
पोखरा । नेपाल क्रिकेट सङ्घ (क्यान)का ७ जना केन्द्रीय सदस्यले लिखित रूपमै अध्यक्ष चतुर बहादुर चन्दको राजीनामा मागेका छन् । मङ्गलवार पोखरामा सुरु भएको कार्यसमितिको बैठकको सुरुमै ७ जनाको तर्फबाट ऋषिराम गौतमले अध्यक्ष चन्दलाई लिखित पत्र नै बुझाएका हुन् ।नेपाल टी-२० लिग स्पट फिक्सिङमा मुछिएपछि उनीहरूले अध्यक्षको राजीनामा माग गरेका थिए । कार्यसमिति बैठकमा पनि उनीहरूले लिखित रूपमा राजीनामा...
काठमाडौँ । एउटा बैङ्कको कार्ड अर्को बैङ्कको एटिएममा प्रयोग गर्दा लाग्ने शुल्क घटेको छ । बैङ्क तथा वित्तीय संस्थाले अन्तर एटिएम कारोबारमा अब एक पटकमा अधिकतम १५ रुपैयाँभन्दा बढी शुल्क लिन नपाउने भएका छन् ।यसअघि यस्तो कारोबारमा बैङ्क तथा वित्तीय संस्थाले प्रति कारोबार बढीमा २० रुपैयाँसम्म शुल्क लिन पाउने व्यवस्था थियो । राष्ट्र बैङ्कले जारी गरेको भुक्तानी प्रणाली सम्बन्धी...
बैतडी । बैतडीको दशरथचन्द नगरपालिकाले स्थानीय महिला खेलाडीलाई भत्ता दिँदै आएको छ । नगरपालिकामा जारी नगर स्तरीय महिला टी-२० क्रिकेट प्रतियोगितामा सहभागी खेलाडीलाई भत्ता दिइरहेको हो ।प्रतियोगितामा सहभागी खेलाडीको हौसला बढाउन प्रत्येक खेलमा खाजा खर्चस्वरुप जनही एक सय ५० का दरले नगद दिने गरिएको दशरथचन्द नगर खेलकुद विकास समिति अध्यक्ष भूपेन्द्र चन्दले जानकारी दिए ।नगरपालिकाले पहिलो पटक खेलाडीको हौसला...