रोम्बस नेशनल स्कुलको नवौं वार्षिकोत्सव सम्पन्न

102

भक्तपुर । भक्तपुरको कमलविनायकस्थित टाउन प्लानिङमा रहेको रोम्बस नेशनल स्कुलको नवौं वार्षिकोत्सव सम्पन्न भएको छ । वि.सं. २०७० सालमा स्थापित सो विद्यालयको नवौं वार्षिकोत्सव सोमबार विद्यालय प्राङ्गणमा भएको हो । सो वार्षिकोत्सवको उद्घाटन मूल्य शिक्षाका अभियन्ता डा. चिन्तामणि योगीले गरेका थिए ।

स्थापनाको छोटो समयमै भक्तपुरको एक स्थापित विद्यालयको रुपमा परिचय बनाउन सफल सो विद्यालयमा अहिले ७ सय विद्यार्थी पढिरहेका छन् भने ५१ जना शिक्षक अध्यापनरत छन् । विद्यार्थीको सर्वाङ्गीण विकासका लागि शैक्षिकका साथै विभिन्न अतिरिक्त क्रियाकलापलाई सँगै लगी गुणस्तरीय शिक्षामा जोड दिइरहेको विद्यालयको वार्षिकोत्सवलाई विद्यालयले विद्यार्थीको प्रतिभा प्रस्फुटन गराउने राम्रो अवसरका रुपमा लिएको जनाएको छ ।

विद्यालयका प्रिन्सिपल डा. राजेन्द्र कोजूले विद्यालयको महत्वपूर्ण दिनमध्येमा वार्षिकोत्सव पनि रहेको उल्लेख गर्दै सो दिन विद्यार्थीले आफूमा रहेको प्रतिभालाई आफ्ना अभिभावकसामु प्रदर्शन गर्ने अवसर रहेको बताए । उनले विद्यार्थीलाई शैक्षिक तवरले मात्र नभई व्यवहारिक रुपले समेत अघि बढाउनका लागि उपयुक्त वातावरण विद्यालयले बनाएको जनाउँदै विद्यार्थीलाई अन्तर्राष्ट्रिय रुपमा समेत प्रतिस्पर्धी बनाउन विद्यालयले अन्तर्राष्ट्रियस्तरका विद्यालयसँग पनि समन्वय र सहकार्य गरिरहेको बताए ।

विद्यालयमा एसईई उत्तीर्ण विद्यार्थीलाई सम्मानका साथ विद्यालयको कक्षा नर्सरीदेखि कक्षा १० सम्मका उत्कृष्ट विद्यार्थीलाई सम्मान र पुरस्कृत गरिएको सो कार्यक्रममा विद्यालयले विभिन्न व्यक्तिहरुलाई पनि सम्मान गरेको छ ।
विद्यालयले विद्यालयका ज्येष्ठ अभिभावकका रुपमा रहेका ९ अभिभावक र विद्यालयलाई विभिन्न तवरले सहयोग गर्ने ७ सहयोगीलाई सम्मान गरिएको छ ।

विद्यालयले ज्येष्ठ अभिभावकका रुपमा रामभक्त भैनात्व, गणेशलाल खत्री, विकाराम दुलाल, ओमबहादुर कार्की, केदार खत्री, चित्रबहादुर पाण्डे, रत्नकाजी शाक्य, सप्तरङ्ग शाक्य र कृष्ण किसीलाई सम्मान गरेको छ । त्यस्तै सहयोगीहरु क्रमशः रामसुन्दर भैनात्व, सुनिल सुवाल, कुबेर खत्री बाबु, दिनेश भारी, लक्ष्मण घर्ती, ताराबहादुृर श्रेष्ठ र लोकबहादुर बस्नेतलाई पनि सोही अवसरमा सम्मान गरिएको थियो ।

विद्यालयका सल्लाहकार विश्वबहादुर दुवाल, साहित्यकार जीवनाथ अधिकारीका साथ विभिन्न ख्यातिप्राप्त कलाकारहरुको उपस्थितिमा सम्पन्न कार्यक्रममा विद्यार्थी तथा शिक्षकहरुले पनि विद्यालयको बारेमा चर्चा गरेका थिए ।
कार्यक्रममा विद्यार्थीहरुले आर्कषक नृत्य प्रस्तुत गरेका थिए ।