Saturday, May 16, 2026
Home Blog Page 477
विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश १ को नामबारे चासो राखेका छन् । प्रधानमन्त्री प्रचण्डलाई भेट्न प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्की बुधबार बिहान बालुवाटार पुगेका थिए । भेटमा सरकारको काम र विकास निर्माणबारे छलफल भएको कार्कीले बताए । कार्कीले भने, ‘उहाँ प्रधानमन्त्री भएपछि यो पहिलो भेटघाट हो । प्रदेशको विकास र प्रदेशलाई मजबुत बनाउने विषयमा छलफल भयो...
धनगढी । कैलालीबाट विभिन्न किसिमका लागु औषधसहित ८ जना पक्राउ परेका छन् । जिल्लाको धनगढी उपमहानगरपालिका–३ स्थित प्रहरी चौकी त्रिनगरको टोलीले मङ्गलवार लागु औषधसहित ८ जनालाई पक्राउ गरेको हो ।जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) वेदप्रकाश जोशीले पक्राउ पर्नेहरूमा १८ वर्षदेखि ३३ वर्षसम्मका युवा–युवती रहेको जानकारी दिए । कैलालीको गौरीगङ्गा नगरपालिका–२ बस्ने ३३ वर्षीय हिक्मत साउदलाई...
काठमाडौँ । बुधबार नेपाली बजारमा सुनको मूल्य ५ सय रुपैयाँले बढेर पुनः १ लाख ६ हजार ३ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन तोलामा ५ सय रुपैयाँले घट्दै १ लाख ५ हजार ८ सय रुपैयाँमा झरेको छापावाला सुनको मूल्य आज पुनः ५ सय रुपैयाँले वृद्धि भएको हो ।यस्तै आज तेजाबी सुनको मूल्य समेत तोलामा ५ सय रुपैयाँले...
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता साझेदार नेकपा (एमाले) र राप्रपाका अध्यक्षसँग बुधबार (आज) बालुवाटारमा छलफल गरेका छन्। एमाले अध्यक्ष केपी शर्मा ओली र राप्रपा अध्यक्ष एवं उपप्रधान तथा ऊर्जा मन्त्री राजेन्द्र लिङ्देनसँग प्रधानमन्त्री प्रचण्डले छलफल गरेका हुन्।सत्ता साझेदार अर्को दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता मुद्दामा सांसद पद बदर भएपछि उनले सम्हालेको गृह मन्त्रालय अहिले...
काठमाडौँ । प्रदेश १ का मुख्यमन्त्री हिक्मतबहादुर कार्की र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ।बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटवार्तामा प्रधानमन्त्री प्रचण्डले मुख्यमन्त्री कार्कीलाई बधाई तथा शुभकामना आदान प्रदान र समसामयिक राजनीतिका बारेमा कुराकानी भएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ।नेकपा एमालेबाट निर्वाचित कार्कीले प्रदेश सभामा पुस २९ गते विश्वासको मतसमेत पाइसकेका छन्।
काठमाडौं । तीन दिनको मौसम कस्तो छ थाहा पाउनुहोस् । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार तीन दिनको मौसम यस्तो हुनेछ ।मौसम विश्लेषण (Meteorological Analysis) हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।हाल मौसमको अवस्था (Present Weather Status) हाल देशका पहाडी भू-भागहरूमा आंशिक बदली रही अन्य भूभागहरूमा मौसम सामान्यतया सफा देखिन्छ ।देशका तराईका केही भूभागहरूमा बिहानीपख हुस्सु/कुहिरो लागेको...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पुनः उम्मेदवार भए हराएर पठाउने चितवन काँग्रेसले दाबी गरेको छ । नेपाली काँग्रेसका चितवन सभापति राजेश्वर खनालले चितवन-२ मा हुने उपनिर्वाचनमा रवि उम्मेदवार भए काँग्रेसका लागि सहज हुने बताए । नागरिकता र दोहोरो पासपोर्टको मुद्धा मतदाताले बुझिसकेको उनले बताए ।नयाँ दल र रविको तरङ्गले मतदाता भ्रममा परेपनि उपनिर्वाचनमा उक्त भ्रम तोडिने...
काठमाडौँ । परराष्ट्रमन्त्री बिमला राई पौड्याल र नेपालका लागि बङ्गलादेशका राजदूत सलाउद्धिन नोमन चौधरीबीच भेटवार्ता भएको छ।सिंहदरवारस्थित मन्त्रालयमा मङ्गलवार भएको भेटमा परराष्ट्रमन्त्री पौड्यालले भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलबाट ढाका फ्लाइट सुरु गर्न राजदूत चौधरीलाई आग्रह गरेकी छन्।मन्त्री पौड्याल र राजदूत चौधरीबीचको भेटमा नेपाल र बंगलादेशबीचको पर्यटन व्यापार तथा कृषि क्षेत्रमा सहयोग र साझेदारी अभिवृद्धि गर्ने सम्बन्धमा पनि छलफल भएको छ।राजदूत चौधरीले...
काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले पशुपति क्षेत्र विकास कोषमा भइरहेको भ्रष्टाचार बढेको र फोहोर व्यवस्थापनमा लापरबाही गरेकोबारे चासो लिएका छन् । मङ्गलवार कोषको कार्यालयमा पदाधिकारीसँग ब्रिफिङ लिँदै मन्त्री किरातीले विश्वले चिनेको पवित्र क्षेत्रमा ‘अपवित्र’ काम भएको भन्दै अनियमितता रोक्न निर्देशन दिए ।पदाधिकारीलाई चेतावनी दिँदै मन्त्री किरातीले भने, ‘यति ठुलो र पवित्र तीर्थस्थलमा किन अपवित्र...
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले काँग्रेसले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपति बन्ने बताएका छन् । मङ्गलवार इलामको फिक्कलमा पत्रकारसँगको कुराकानीका क्रममा उनले साझा अपनत्व ग्रहण हुने गरी काँग्रेसले प्रस्ताव गरेको व्यक्ति नै अबको राष्ट्रपति बन्ने बताए ।काँग्रेसबाट राष्ट्रपतिको उम्मेदवार को बन्ने भन्ने बारेमा शर्माले विधिवत् छलफलपछि सम्भावित नाम र निर्णय सार्वजनिक हुने बताए । उनले भने, “हामीसँग योग्य...