काठमाडौँ । राप्रपा नेपालका उपाध्यक्ष लाक्पा तामाङलाई पक्राउ परेका छन्। सिंहदरवारस्थित दक्षिण गेटमा प्रतिनिधिसभाका सांसद् ज्ञानेन्द्र शाहीकोविरुद्धमा नाराबाजी गरेपछि प्रहरीले नियन्त्रणमा लिएका हो।प्रहरी परिसर काठमाडौँका अनुसार उनलाई नाराबाजी गरिरहेको अवस्थामा सो दक्षिण गेटबाट पक्राउ गरी प्रहरी वृत्त सिंहदरवारमा राखिएको छ। शाहीलाई बुझाउन भनी साथमा लगेको भ्रष्टाचार सम्बन्धी उजुरीपनि दक्षिण गेटमै च्यातेर फालेका छन्। उनलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको...
चितवन । चितवनका किसानले दूधको मूल्य बढाउन माग गरेका छन् । उत्पादन लागत तथा उपभोग्य वस्तुको भाउ बढेको जनाउँदै किसानले भरतपुरमा पत्रकार सम्मेलन गरेर दूधको मूल्य बढाउन सरकारसँग आग्रह गरेका हुन् ।पत्रकार सम्मेलनमा चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष किशोर बगालेले दूधको मूल्य बढाउन र कच्चा पदार्थको मूल्यवृद्धिलाई रोक्न माग गरे । उनले बैंक तथा वित्तीय संस्थाले ऋण...
काठमाडौँ । कैलालीको टीकापुरमा ०७२ साल भदौ ७ गते भएको घटनासम्बन्धी मुद्दाको आजको सुनुवाइ स्थगित भएको छ । सर्वोच्चमा यसअघि ८ पटकसम्म साधारण तारिख र ५ पटक पेसी स्थगित भइसकेको थियो । २०७२ भदौ ७ गते थरुहटको आन्दोलन हिंसात्मक बनेपछि भिडले आक्रमण गरेर नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपानेसहित ८ सुरक्षाकर्मी मारिएका थिए ।०७५ फागुन १२ गते कैलाली...
काठमाडौँ । सरकारले शिक्षा विधेयक थाँती राखेर नेपाल विश्वविद्यालयका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संसद्मा पेस गरेपछि सरकारको नियतप्रति शङ्का उब्जिएको छ । सरकारले मन्त्रीपरिषद्मा एक महिना अघि पुगेको शिक्षा विधेयक थाँती राखेर नेपाल विश्वविद्यालय सम्बन्धी विधेयक संसद्मा पेस गरेको थियो । राष्ट्रिय सभामा टेबल भएको यो विधेयक अहिले विधायन समितिमा छलफलमा रहेको छ ।सरकारले सङ्घीय संरचना अनुसार शिक्षा...
काठमाडौँ । राष्ट्रिय अनुसन्धान विभागका २२ जना अनुसन्धान अधिकृतहरू प्रमुख अनुसन्धान अधिकृत (डिएसपी)मा बढुवा भएका छन् । बढुवा समितिको सिफारिस अनुसार राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापाले उनीहरूलाई बढुवा नियुक्ति गर्ने निर्णय गरेका हुन् ।बढुवा सिफारिस समितिले माघ ११ मा बढुवा गर्न सिफारिस गरेको थियो । सिफारिस अनुसार मेघराज कँडेल एक नम्बरमा बढुवा भएका छन् ।यस्तै क्रमशः रुद्रबहादुर गुर्मछान...
काठमाडौँ । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ कार्यक्रममा व्यस्त भएकाले डेढ घण्टा ढिला गरी पदाधिकारी बैठक सुरु भएको हो ।बैठकमा आगामी संगठनिक योजना, कार्य विभाजन र गृहमन्त्रीका विषयमा समेत छलफल हुने बताएको छ ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गृह मन्त्रालय नपाए तत्काल सरकार छाड्ने चेतावनी दिएको छ । मङ्गलवार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र रास्वपाका सभापति रवि लामिछानेबीच भेट भएको थियो ।भेटमा लामिछानेले आजै गृह मन्त्रालय आफ्नो पार्टीले पाउनुपर्ने बताएका थिए । बालुवाटार स्रोतका अनुसार बेलुकासम्ममै शपथ ग्रहण गराउन लामिछानेले अनुरोध गरेका थिए । भेटमा प्रधानमन्त्री दाहालले...
बारा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अम्लेखगञ्ज–रक्सौल रेल्वेको सरकारी जग्गा खाली गर्न निर्देशन दिएको छ ।अख्तियारले जिल्ला प्रशासन कार्यालय बारा र पर्सासहित जीतपुरसिमरा उपमहानगरलाई पत्राचार गरेर अम्लेखगञ्ज–रक्सौल रेलमार्गमा पर्ने नेपाल सरकारको १ हजार ७४९ बिगाहा जग्गा खाली गर्न निर्देशन दिएको हो ।आयोगको पत्रमा उल्लेख छ, ‘वीरगन्ज पावर हाउस चोकदेखि पूर्व पश्चिम राजमार्गको पथलैयादेखि २२ किलोमिटर खण्डको ६६ फिट चौडा...
काठमाडौँ । नेपाल भ्रष्टाचार व्याप्त मुलुकहरूको श्रेणीमा कायमै रहेको ट्रान्सपरेन्सी इन्टरनेशनल (टी आई)ले जनाएको छ । सन् २०२२ को भ्रष्टाचार अवधारणा सूचकाङ्क आज सार्वजनिक गर्दै टीआईले नेपालको अवस्था केही सुधार भएता पनि भ्रष्टाचार व्याप्त मुलुकहरूको श्रेणीमा कायमै रहेको जनाएको हो ।सन् २०२२ को भ्रष्टाचार अवधारणा सूचकाङ्कमा नेपाल, १०० मध्ये ३४ अङ्क प्राप्त गरी भ्रष्टाचार व्याप्त मुलुकहरूको श्रेणीको ११० औँ...
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी र नेपालका लागि चिनियाँ राजदूत चेन सोङबीच मङ्गलवार शिष्टाचार भेटवार्ता भएको छ। भेटका क्रममा मन्त्री भण्डारीले राजदूत सोङलाई ताक्ला कोट, किङ्करलगायतका देशका पश्चिमी उत्तरी नाका खुलाउने विषयमा ध्यानाकर्षण गराए।उनीहरूबीच चीन र नेपालको व्यापार सम्बन्धलाई अझै बलियो बनाउने विषयमा छलफल भएको मन्त्री भण्डारीको सचिवालयले जनाएको छ।मन्त्री भण्डारीले राजदूत सोङसँग नेपाली वस्तु...










