सेयर बजारमा गिरावट

20

काठमाडौँ । अघिल्लो दिन ४१ अङ्कले घटेर २१२७.५२ विन्दुमा झरेको सेयर बजार परिसूचक नेप्से आज पनि १५ अङ्कमाथिले घट्न पुगेको छ । नेपाल स्टक एक्सचेन्ज अनुसार आज नेप्से सूचक १५.७४ अङ्कले घट्दै २१११.६३ विन्दुमा झरेको हो ।

दोहोरो अङ्कले नेप्से घटेको यस दिन कारोबार रकम समेत २ अर्बमा झरेको छ । आज कूल २ अर्ब ८२ करोड ४५ लाख रुपैयाँ बराबरको ७५ लाख ५३ हजार २३५ कित्ता सेयर किनबेच भएको छ ।

सबैभन्दा बढी रिडी पावर कम्पनीको १९ करोड २० लाख ५४ हजार ५८७ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ भने लुम्बिनी जनरल इन्स्योरेन्सको आज १४ करोड ३७ लाख ३ हजार ४६ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

आज हाइड्रोपावर कम्पनी समूहको उपसूचक झिनो अङ्कले बढेको छ भने बाँकी १२ वटा उपसूचक ऋणात्मक भएका छन् ।

आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्यमा आज पनि सकारात्मक सर्किट लागेको छ भने प्राइम लाइफ इन्स्योरेन्सको सेयर मूल्य ५.२१ प्रतिशतले घट्न पुगेको छ ।