Saturday, May 16, 2026
Home Blog Page 472
काठमाडौँ । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक नेप्सेमा १.०४ प्रतिशतको गिरावट हुँदा २ हजार अङ्कको बिन्दुमा झरेको छ ।८ पुसमा १८६७.२१ अङ्कमा रहेको नेप्से १० पुसमा नयाँ सरकार गठनसँगै लगातार बढेर २५ पुसमा २२११.७७ अङ्कसम्म पुगेको थियो । त्यसपछि भने बजारमा उतारचढाव देखिए पनि नेप्से घट्दै बिहीबार पुनः २१०० अङ्कको बिन्दुबाट तल झरेको छ ।बिहीबार बजार...
काठमाडौँ । ललितपुरको कुपन्डोलस्थित एक घरमा आगलागी भएको छ। ललितपुर महानगरपालिका कुपन्डोलस्थित एक घरमा दिउँसो तीन बजेतिर आगलागी भएको हो ।अहिले आगो नियन्त्रणमा लिने काम भइरहेको छ। घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
काठमाडौँ । भौतिक पूर्वाधारको काम नसकिँदै लुम्बिनी प्रदेशको राजधानी बुटवलबाट दाङको देउखुरी सारिएपछि मन्त्रालय व्यवस्थापनको काममा कठिनाइ भएको छ ।  लुम्बिनी प्रदेशका मन्त्रालयहरू अहिले वडा कार्यालय, प्राविधिक शिक्षालयका भवनमा स्थानान्तरण भइरहेका छन् । कृषि मन्त्रालयलाई राप्ती गाउँपालिकाको वडा नम्बर २ को कार्यालयमा सारिएको छ । दुई तले भवनमा एउटामा वडा कार्यालय र अर्को तलामा मन्त्रालय राखिएको हो ।सरकारका प्रवक्ता...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले चितवन जिल्ला समितिका सभापतिबाट राजीनामा दिएका धर्मेन्द्र सापकोटाले पार्टी पंक्तिमा भ्रम फैलाएको भन्दै आपत्ति जनाएको छ । जिल्ला सभापतिबाट राजीनामा दिएपछि विभिन्न सञ्चारमाध्यममा दिएको अभिव्यक्तिप्रति रास्वपाले आपत्ति जनाएको हो ।पार्टीका महामन्त्री तथा प्रवक्ता मुकुल ढकालले विज्ञप्ति जारी गर्दै सापकोटाले प्रतिनिधिसभाको निर्वाचनमा निर्वाह गर्नुपर्ने जिम्मेवारी निर्वाह नगरी पार्टीको हित विपरीत अनावश्यक अन्तर्वार्ता दिँदै हिँडेको दाबी...
काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरी पक्राउ परेका छन् । आज उनलाई बाँकेबाट पक्राउ गरिएको हो ।गएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा उनी कैलाली क्षेत्र नम्बर-२ बाट निर्वाचित भएका थिए । उनीमाथि ०६६ सालमा ट्याक्टरमा आगो लगाएको आरोपमा जिल्ला अदालत कैलालीले ६ महिना कैद सजाय र आठ लाख १९ हजार रुपैयाँ जरिवाना भराउने फैसला गरेको थियो ।कैलालीको गोरांगा खोलाबाट...
काठमाडौँ। भरतपुर महानगरपालिकाले आर्थिक वर्ष ०७९/०८० को ६ महिनामा कर सङ्कलनमा कमी आएको प्रति भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले असन्तुष्टि व्यक्त गरेकी छन् । बिहीबार भरतपुर महानगरपालिका सभाहलमा भएको आर्थिक वर्ष ०७९/०८० सालको कर अभियानको उद्घाटन गर्दै मेयर दाहालले राजस्व सङ्कलनमा देखिएको कमीप्रति चिन्ता पनि व्यक्त गरेकी हुन् ।भरतपुर महानगरपालिकाले चालु आर्थिक वर्षको लागि रु.१ अर्ब ५० करोड राजस्व...
भक्तपुर । सूर्यविनायक नगरपालिकाको नगरसभाको १३ औं अधिवेशन सम्पन्न भएको छ । बुधबार भएको सूर्यविनायक नगरपालिकाको नगरसभाको १३ औं अधिवेशन पश्चात बिहिबार पत्रकार भेटघाट कार्यक्रम सम्पन्न भएको हो । नगरसभा अधिवेशनमा नगरपालिका मातहतका वडा कार्यालय र विषयगत समिति भित्र पर्ने शाखा तथा इकाईहरुबाट चालू आर्थिक वर्षको समिक्षात्मक प्रतिवेदन तयार गरी छलफल गरिएको थियो ।सूर्यविनायक नगरपालिकाको चालू आर्थिक वर्ष २०७९/०८०...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो मौनता आजसम्मका लागि मात्रै भएको बताएका छन् । आफूलाई भन्न बाँकी र लेख्न बाँकी केही भए ती कुरा गरिहाल्न उनले भनेका छन् । आफू अभिमन्यु नभएको बताउँदै उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अब मलाई भन्न बाँकी, गर्न बाँकी, लेख्न बाँकी केही भए भनिहाल्नुहोला, गरिहाल्नु होला, लेखिहाल्नु होला । मेरो...
काठमाडौँ । सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बोलाएको छ। रास्वपा महामन्त्री तथा प्रवक्ता मुकुल ढकालका अनुसार दिउँसो तीन बजे पार्टी कार्यालय बसुन्धारामा बैठक बस्दै छ। आजको बैठकमा रास्वपा सरकारमा बस्ने कि नबस्ने भन्नेबारे निर्णय हुन सक्ने बताइएको छ।‘अहिले जसरी चलिरहेको छ। हामी त्यसरी चल्न सक्दैनौँ,’ ढकालले भने, ‘हाम्रो सभापति रवि लामिछाने पनि...
काठमाडौँ । आत्मदाह गरेका प्रेमप्रसाद आर्चायकी श्रीमती नानुका अधिकारीले आफ्नो बैङ्क खाताको विवरण सार्वजनिक भएको भन्दै आपत्ति जनाएकी छन् ।बैङ्क खाताको विवरण सहित खातामा जम्मा भएको रकमबारे सामाजिक सञ्जालमा दुष्प्रचार हुँदा आफूलाई मानसिक तनाव भएको उनले बताइन् । बैङ्क खाताको स्क्रिन सट सामाजिक सञ्जालमा फैलिनुका साथै विभिन्न ठाउँबाट मानसिक यातना दिने काम भइरहेको उनको भनाइ छ ।गृह जिल्ला इलाममा...