नागरिक उन्मुक्ति पार्टीका सांसद चौधरी पक्राउ

57

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरी पक्राउ परेका छन् । आज उनलाई बाँकेबाट पक्राउ गरिएको हो ।

गएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा उनी कैलाली क्षेत्र नम्बर-२ बाट निर्वाचित भएका थिए । उनीमाथि ०६६ सालमा ट्याक्टरमा आगो लगाएको आरोपमा जिल्ला अदालत कैलालीले ६ महिना कैद सजाय र आठ लाख १९ हजार रुपैयाँ जरिवाना भराउने फैसला गरेको थियो ।

कैलालीको गोरांगा खोलाबाट ढुङ्गा लिएर लम्की तर्फ जाँदै गएको ट्याक्टरमा ०६६ भदौ ३ गते आगजनी गरिएको थियो ।