Thursday, October 22, 2026
Home राजनीति रास्वपाले बोलायो केन्द्रीय समिति र संसदीय दलको बैठक

रास्वपाले बोलायो केन्द्रीय समिति र संसदीय दलको बैठक

125

काठमाडौँ । सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बोलाएको छ। रास्वपा महामन्त्री तथा प्रवक्ता मुकुल ढकालका अनुसार दिउँसो तीन बजे पार्टी कार्यालय बसुन्धारामा बैठक बस्दै छ। आजको बैठकमा रास्वपा सरकारमा बस्ने कि नबस्ने भन्नेबारे निर्णय हुन सक्ने बताइएको छ।

‘अहिले जसरी चलिरहेको छ। हामी त्यसरी चल्न सक्दैनौँ,’ ढकालले भने, ‘हाम्रो सभापति रवि लामिछाने पनि सम्झौताको राजनीतिमा कति दिन बस्ने भन्नेमा पुग्नुभएको छ। आज हामी महत्त्वपूर्ण निर्णय गर्छौँ।’

महामन्त्री ढकालले पार्टीको राजनीति जसरी चलिरहेको छ त्यसलाई परिवर्तन गर्नुपर्ने पक्षमा आफू रहेको बताए। केहीबेरअघि रास्वपा सभापति लामिछाने आफू अब मौन नबस्ने भन्दै सामाजिक सञ्जालमा स्ट्याटस लेखेका थिए। बिहीबार दिउँसो सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै लामिछानेले आफू अभिमन्यु नभएको बताएका छन्।