रौतहट । चन्द्रपुर नगरपालिका वडा नं.६ हातेमालो सामुदायिक वन नजिकै घर भएका प्रकाश राईले बुबाको हत्या गरेका छन्।३२ वर्षीय राईले बिहीबार राति चिर्पट प्रहार गरी बुबा ५५ वर्षीय निरकुमारको हत्या गरेको प्रहरीले जनाएको छ। राईलाई राति नै प्रहरीले हिरासतमा लिएर अनुसन्धान थालेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ।सामान्य विवाद हुँदा प्रकाशले बुबालाई चिर्पटले हानेका थिए। टाउको, निधारको दाहिने भाग,...
अत्तरिया । धनगढीको मुख्य बजारका सडक छेउमा सवारी पार्किङ निषेध गरिने भएको छ । सवारी दुर्घटना बढ्न थालेपछि अहिले सडकका छेउछाउमा राखिएका डिभाइडरसमेत हटाउन सुरु गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख वीरेन्द्रसिंह जोहारीले बताए । अत्तरिया मोहना छ लेन सडकका छेउछाउमा सवारी पार्किङ गर्न निषेध गरिएको हो । उक्त छ लेन सडकको मुख्य चौराहा चोक, अस्पताल लाइनलगायत अन्य...
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को लागि परीक्षा आवेदन फाराम खुला गरेको छ । २०८० सालको परीक्षामा सहभागी हुने परीक्षार्थीका लागि कक्षा १२ को नियमित, ग्रेड वृद्धि र आंशिक तथा कक्षा ११ का आंशिक र ग्रेड वृद्धिको परीक्षा आवेदन फाराम खुला गरेको हो । आवेदन फाराम बुझाउने मिति यही माघ मसान्तसम्म तोकिएको छ । विलम्ब शुल्क तिरेर...
काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका फरार सांसद अरुणकुमार चौधरीलाई जिल्ला प्रहरी कार्यालय कैलालीले अदालतमा बुझाएको छ । शुक्रबार बिहान प्रहरीले जिल्ला अदालत कैलाली बुझाएपछि अदालतले चौधरीलाई कैद पुर्जी दिएर जिल्ला कारागार पठाएको हो ।कारागारमै रहेर चौधरीले मुलुकी संहिताको दफा १५५ अनुसार कैद भुक्तानबापतको रकम तिर्न सकिने उपभोगका लागि जिल्ला अदालतमा निवेदन दिन सक्नेछन् । ट्र्याक्टरमा आगजनी गरेको मुद्दामा १०...
काठमाडौँ । लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दैछ । प्रदेश सभाको पहिलो अधिवेशनको पाँचौं बैठक आज दिउँसो १ बजे बोलाइएको प्रदेश सभा सचिवालयले जनाएको छ ।प्रदेश सभा सचिवालयका सचिव दुर्लभकुमार पुनका अनुसार आज बस्ने बैठकमा मुख्यमन्त्री लिला गिरीबाट महालेखापरीक्षकका दुई वर्षका प्रतिवेदनहरु पेश गर्ने र कार्यव्यवस्था परामर्श समिति घोषणा गरिनेछ । यसअघि माघ ५ गतेको बैठकमा मुख्यमन्त्री गिरीले विश्वासको...
काठमाडौं । तीन दिनको मौसम कस्तो छ थाहा पाउनुहोस् । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार तीन दिनको मौसम यस्तो हुनेछ ।
मौसम विश्लेषण (Meteorological Analysis)
हाल देशमा कुनै उल्लेखनीय मौसम प्रणाली छैन।हाल मौसमको अवस्था (Present Weather Status)
हाल देशका पहाडी भू-भागहरूमा आंशिक बदली रही अन्य भूभागहरूमा मौसम सामान्यतया सफा रहेको छ ।२०७९ माघ १९ गते (बिहीबार)
रातीː प्रदेश नं....
भक्तपुर । ईप्सन भक्तपुरले आफ्ना सदस्य विद्यालयहरु बीच इप्सन ओलम्पिक यहि माघ १६ देखि १८ गते सम्पन्न गरेको छ । विभिन्न ७ वटा विधामा प्रतिस्पर्धा भएको उक्त ईप्सन ओलम्पिकमा ग्लोबल स्कुल प्रथम, मदरल्याण्ड स्कुल द्धितीय, सूर्योदय स्कुल र ईडेन गार्डेन स्कुलले तृतीय स्थान हासिल गर्न सफल भएका थिए ।ईप्सन भक्तपुर अन्तर्गतका ११ वटा विद्यालयहरु मध्ये १० वटा विद्यालयले सहभागिता...
काभ्रे । काभ्रेको नमोबुद्ध नगरपालिका भकुण्डेबेशीमा बसकाे ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । बालिकाको मृत्यु भए पछि आक्रोशित भिडले बसमा आगजनी गरेका छन ।बिपि राजमार्गमा यतायात अबरुद्द भएकाे छ।थप विवरण आउन बाकी रहेको प्रहरीले जानकारी दिएको छ ।
काठमाठाैँ । बलात्कारको आरोप लागेका सन्दीप लामिछानेलाई धरौटीमा छाड्ने उच्च अदालत पाटनको आदेशलाई बदर तथा थुनामै राखेर मुद्दा पूर्पक्ष गर्नुपर्ने मागसहित सर्वोच्च अदालतमा आज निवेदन दर्ता भएको छ ।
नेपाल सरकारको तर्फबाट नायव महान्यायाधिवक्ताद्वारा दायर निवेदनमा उच्च अदालत पाटनको गत पुस २८ मा भएको आदेशमा प्रतिवादी लामिछानेलाई थुनामा राखी मुद्दा पूर्पक्ष गर्नुपर्ने उल्लेख छ ।
लामिछानेलाई उच्च अदालत पाटनले...
काठमाडौँ । जुम्लामा रवि लामिछानेलाई गृहमन्त्री बनाउन माग गर्दै एक कर्मचारीले आफ्नै शरीरमा आगो लगाउन खोजेका छन् ।जुम्ला सदरमुकाम खलङ्गाका एक ४० वर्षीय पुरुषले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाउने प्रयास गरेका हुन् । शरीरमा पेट्रोल छर्के पनि लाइटर नबल्दा क्षति भने हुन पाएन । अहिले उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।










