वडा कार्यालयबाट सेवा दिँदै मन्त्रालय

32

काठमाडौँ । भौतिक पूर्वाधारको काम नसकिँदै लुम्बिनी प्रदेशको राजधानी बुटवलबाट दाङको देउखुरी सारिएपछि मन्त्रालय व्यवस्थापनको काममा कठिनाइ भएको छ ।  लुम्बिनी प्रदेशका मन्त्रालयहरू अहिले वडा कार्यालय, प्राविधिक शिक्षालयका भवनमा स्थानान्तरण भइरहेका छन् । कृषि मन्त्रालयलाई राप्ती गाउँपालिकाको वडा नम्बर २ को कार्यालयमा सारिएको छ । दुई तले भवनमा एउटामा वडा कार्यालय र अर्को तलामा मन्त्रालय राखिएको हो ।

सरकारका प्रवक्ता चेतनारायण आचार्यले मन्त्रालय स्थापनाको काम द्रुत गतिमा भइरहेको बताउँछन् ।  प्रदेशसभा सचिवालयको भने आफ्नै भवन करिब तयार भएको छ । सभामुख र उप-सभामुखसहित प्रशासनिक कक्ष निर्माणको काम भने भइरहेको छ । पूर्वाधार नभएकै कारण बस्ने नसकेको प्रदेशसभा बैठक भोलि माघ १० गतेका लागि बोलाइएको छ । लुम्बिनी प्रदेशमा सरकार विस्तारमा ढिलाइ भएको छ । लुम्बिनीमा मन्त्रालयको संख्या भने १३ बाट झारेर १० बनाइएको भएको छ । यसअघि १ वटा मन्त्रालयमात्रै घटाइएको थियो । प्रदेशमा मुख्यमन्त्रीसहित १० मन्त्रालय बनाउने संघीय सरकारको निर्देशनपछि मन्त्रालय घटाइएको हो ।