सभापतिको राजीनामाबारे यस्तो छ रास्वपाको प्रष्टीकरण

46

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले चितवन जिल्ला समितिका सभापतिबाट राजीनामा दिएका धर्मेन्द्र सापकोटाले पार्टी पंक्तिमा भ्रम फैलाएको भन्दै आपत्ति जनाएको छ । जिल्ला सभापतिबाट राजीनामा दिएपछि विभिन्न सञ्चारमाध्यममा दिएको अभिव्यक्तिप्रति रास्वपाले आपत्ति जनाएको हो ।

पार्टीका महामन्त्री तथा प्रवक्ता मुकुल ढकालले विज्ञप्ति जारी गर्दै सापकोटाले प्रतिनिधिसभाको निर्वाचनमा निर्वाह गर्नुपर्ने जिम्मेवारी निर्वाह नगरी पार्टीको हित विपरीत अनावश्यक अन्तर्वार्ता दिँदै हिँडेको दाबी गरेका छन् ।