सुर्यविनायक नगरपालिकाको नगरसभा १३ औँ अधिवेशन सम्पन्न

92

भक्तपुर । सूर्यविनायक नगरपालिकाको नगरसभाको १३ औं अधिवेशन सम्पन्न भएको छ । बुधबार भएको सूर्यविनायक नगरपालिकाको नगरसभाको १३ औं अधिवेशन पश्चात बिहिबार पत्रकार भेटघाट कार्यक्रम सम्पन्न भएको हो । नगरसभा अधिवेशनमा नगरपालिका मातहतका वडा कार्यालय र विषयगत समिति भित्र पर्ने शाखा तथा इकाईहरुबाट चालू आर्थिक वर्षको समिक्षात्मक प्रतिवेदन तयार गरी छलफल गरिएको थियो ।

सूर्यविनायक नगरपालिकाको चालू आर्थिक वर्ष २०७९/०८० को ६ महिनाको अबधीमा आम्दानी तथा खर्चको अवस्था विश्लेषण गर्दा हालसम्म कुल आय रु.१ अर्व ३२ करोड ५२ लाख ४७ हजार भएको छ । त्यसैगरी खर्च रु.४२ करोड २२ लाख ४४ हजार भएको प्रवक्ता रविन्द्र सापकोटाले जानकारी दिए ।

नगरपालिकाले वडास्तरीय भौतिक पूर्वाधार विकासका २९१ र कार्यपालिका बैठकको निर्णयले ९३ गरी जम्मा ३८४ वटा योजना मध्ये हालसम्म १५२ वटा योजना सम्झौता भई १०५ वटा योजनाहरु सम्पन्न भएकाे प्रवक्ता सापकोटाले बताए ।

त्यसैगरी उज्यालो नगर प्रमुख कार्यक्रमबाट चालू आर्थिक वर्ष २०७९/०८० को ६ महिनाको अबधीमा नगरपालिका क्षेत्रमा जम्मा ११८६ सडक बती जडान भएको प्रवक्ता सापकोटाले भने।

त्यस्तै नगरपालिकाको स्थानीय भूउपयोग परिषदको निर्णय बमाजिम कृषि क्षेत्रको राजस्व ८० प्रतिशत घटाउने र आवासीय क्षेत्रको हकमा शत प्रतिशत र व्यवसायिक क्षेत्रको हकमा २०० प्रतिशत राजस्व वृद्धि सहितराजस्वको दररेट समायोजन गरिएको उनले बताए ।

पत्रकार सम्मेलनमा नगर प्रमुख वासुदेव थापा, उपप्रमुख सरिता भट्टराई तिमिल्सिना, प्रमुख प्रशासकीय अधिकृत राजेन्द्रप्रसाद कँडेल, वरिष्ट राजस्व अधिकृत तथा सूचना अधिकारी अनिरुद्र नेपाल, बरिष्ट शाखा अधिकृत एवं गुनासो सुन्ने अधिकारी राजेन्द्रप्रसाद नेपाललगायतका नगरपालिकाका बिभिन्न जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

यस्तो छ पूर्ण पाठ :

नगरसभाको १३ औं अधिवेशनको प्रेस नोट