काठमाडौँ । संघीय संसद्का कर्मचारी युनियनको चुनावमा काँग्रेस र माओवादी निकटका कर्मचारीले गठबन्धन बनाएर एमाले निकट कर्मचारीसँग प्रतिस्पर्धा गरेका छन् ।बिहीबार भएको संघीय संसद् सचिवालय कर्मचारी युनियनको चुनावमा एमाले निकट नेपाल निजामती कर्मचारी सङ्गठनविरुद्ध काँग्रेस निकट नेपाल निजामती कर्मचारी युनियन र माओवादी निकट राष्ट्रिय कर्मचारी सङ्गठन गठबन्धन बनाएर चुनावी प्रतिस्पर्धामा रहेका छन् ।गठबन्धन बनाएका कर्मचारी सङ्गठनबाट अध्यक्षको उम्मेदवार रहेका...
काठमाडौँ । ग्यास सिलिन्डर पड्किएर घाइते भएका सांसद चन्द्र भण्डारीलाई उपचारका लागि भारत लगिएको छ। श्री एयरलाइन्सको एयर एम्बुलेन्समार्फत भारतको मुम्बईस्थित नेशनल स्किन बर्न अस्पतालमा उपचारका लागि लगिएको हो।उनको उपचार टिममा डा. प्रदीप तिवारी (क्रिटिकल केयर हेड), डा. बृहस्पति (एनेस्थेसिया एण्ड क्रिटिकल केयर), डा. रोशन शर्मा, (फ्लाइट डाक्टर इएमएस) दिनेश राई, (प्यारामेडिक्स इआर), सागर महर्जन, (प्यारामेडिक्स इआर) र राज...
काठमाडौँ । हेटौँडा उपमहानगरपालिका-४ का वडाध्यक्ष नवीन सिग्देलले एक कर्मचारीमाथि हातपातको प्रयास गरेका छन् । उनले उपमहानगरपालिकाको शहरी विकास महाशाखा प्रमुख सत्यनारायण शाहलाई गालीगलौज गर्नुका हातपातको प्रयास गरेको नगर प्रमुख मिना कुमारी लामाले बताइन् ।आज (बिहीबार) नगर प्रमुख लामाको कार्यकक्षमा मेयर लामा, उपमेयर राजेश बानियाँ, वडाध्यक्ष सिग्देल र महाशाखा प्रमुख साहबीच छलफल गरी सहमति भैसकेको मेयर लामाले बताइन् ।...
काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मतदाताले आफू बसिरहेकै ठाउँबाट मतदान गर्न पाउने गरी कानून बनाउनुपर्ने बताएका छन् । बिहीवार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले आम मतदाताहरुले आफू बसिरहेकै ठाउँबाट मतदान गर्न पाउनेगरी कानून बनाउनुपर्ने बताएका हुन् । उनले अन्तिम मतदाता नामावलीमा नाम प्रकाशित भएका मतदाताले अस्थायी बसोवास भएको ठाउँबाट पनि समानुपातिक निर्वाचन प्रणाली...
काठमाडौँ । नेकपा एमालेका अध्यक्षसमेत रहेका पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले ग्यास सिलिण्डर विस्फोटबाट गम्भीर घाइते भएका नेपाली काँग्रेसका सांसद चन्द्र भण्डारीको उपचारमा कमी हुन नदिन सरकारको ध्यानाकर्षण गराएका छन्।गए राति बुद्धनगरमा ग्यास सिलिण्डर विस्फोट हुँदा सांसद भण्डारी र उनकी आमा गम्भीर घाइते भएका थिए। उपचारका क्रममा कीर्तिपुर अस्पतालमा सांसद भण्डारीकी आमाको आज बिहान निधन भएको थियो।सांसद भण्डारीलाई थप उपचारका...
काठमाडौँ । मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा (बहुमत) र सन्तबहादुर नेपाली नेतृत्वको नेकपा (मशाल)गरी तीन पार्टीबीच छिट्टै एकता हुने भएको छ । फागुन महिनाभित्र एकता गर्ने गरी तीन पार्टीबीच छलफल भइरहेको वैद्य नेतृत्वको माओवादीका एक नेताले बताए । ‘हामीले छलफल टुङ्ग्याउनेतिर गएका छौँ । गृहकार्य गरेर सबै विषयमा छलफल भयो ।माओवाद विचारधारा मान्ने कि...
काठमाडौँ । उच्च अदालत पाटनले इन्टरनेट सेवाको तार काट्ने काम तत्काल नगर्नरनगराउन अल्पकालीन आदेश जारी गरेको छ। इन्टरनेट सेवा प्रदायक सङ्घ नेपाल (आइस्पान) ले ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई विपक्षी बनाइ दायर गरेको रिटमा बिहीबार न्यायाधीश दिपेन्द्र बहादुर बमको इजलासले उक्त आदेश जारी गरेको हो।अन्तरिम आदेश छलफलका लागि दुवै पक्षलाई फागुन १६ गतेको पेशी तोकिएको छ। ‘साथै सो अवधिसम्म...
काठमाडौँ । खानेपानी मन्त्रालयले सिंहदरवारसहित काठमाडौँका मुख्य स्थानहरूमा सेन्सर प्रविधिको सार्वजनिक धारा राख्ने भएको छ । बिहीबार मन्त्रालयले गरेको गुनासो सुनुवाइ इकाईको उद्घाटनका अवसरमा यसबारे जानकारी दिइएको हो ।एक साताभित्र सिंहदरवार आउने सेवाग्राहीलाई लक्षित गरी यस प्रकारको सार्वजनिक धारा राख्न लागिएको मन्त्रालयका सचिव मणिराम गेलालले जानकारी दिए ।उनले अब काठमाडौँमा हिँड्दा बोतलको पानी किन्नुपर्ने अवस्था अन्त्य गर्न लागेको उल्लेख...
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । बैठक ४ बजे सिहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्न लागेको हो ।आजको बैठकमा नियमित छलफल र निर्णय हुन सक्ने एक मन्त्रीले प्रशासनलाई जानकारी दिए।
बनियानी । झापामा सात महिनाको अवधिमा भएका सवारी दुर्घटनामा परेर ७५ जनाको मृत्यु भएको छ । चालु आर्थिक वर्ष २०७९-८० को माघ मसान्तसम्म यहाँ चार सय ५७ सवारी दुर्घटना भएका छन् । उक्त दुर्घटनामा परी ७५ जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक अशोककुमार जवेगुले जानकारी दिए ।कार्यालयका अनुसार साउनमा १२, भदौमा पाँच, असोजमा १६, कात्तिकमा नौ, मङ्सिरमा १४, पुसमा...










