शहरी विकास महाशाखा प्रमुख शाहमाथि हातपातको प्रयास

30

काठमाडौँ । हेटौँडा उपमहानगरपालिका-४ का वडाध्यक्ष नवीन सिग्देलले एक कर्मचारीमाथि हातपातको प्रयास गरेका छन् । उनले उपमहानगरपालिकाको शहरी विकास महाशाखा प्रमुख सत्यनारायण शाहलाई गालीगलौज गर्नुका हातपातको प्रयास गरेको नगर प्रमुख मिना कुमारी लामाले बताइन् ।

आज (बिहीबार) नगर प्रमुख लामाको कार्यकक्षमा मेयर लामा, उपमेयर राजेश बानियाँ, वडाध्यक्ष सिग्देल र महाशाखा प्रमुख साहबीच छलफल गरी सहमति भैसकेको मेयर लामाले बताइन् । उनले भनिन्, ‘वडाध्यक्ष सिग्देल र कर्मचारी शाहबीच भनाभन भएको रहेछ, अहिले एक अर्काले माफी मागे, सहमति भइसक्यो ।’ वडाध्यक्ष सिग्देलले वडाको योजनाको फाइल अगाडि नबढाएको र आफ्नो काम नगरेको भन्दै उपमहानगरपालिका प्रवेश गर्ने मूल गेट अगाडि नै साहलाई गालीगलौज गरेको बताइएको छ ।