सवारी दुर्घटनामा परी ७५ जनाको मृत्यु

36

बनियानी । झापामा सात महिनाको अवधिमा भएका सवारी दुर्घटनामा परेर ७५ जनाको मृत्यु भएको छ । चालु आर्थिक वर्ष २०७९-८० को माघ मसान्तसम्म यहाँ चार सय ५७ सवारी दुर्घटना भएका छन् । उक्त दुर्घटनामा परी ७५ जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक अशोककुमार जवेगुले जानकारी दिए ।

कार्यालयका अनुसार साउनमा १२, भदौमा पाँच, असोजमा १६, कात्तिकमा नौ, मङ्सिरमा १४, पुसमा १२ र माघमा सात जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा ५७ पुरुष, १४ महिला, दुई बालक र दुई बालिका छन् । ती दुर्घटनामा एक सय सात जना गम्भीर घाइते भएका छन् भने छ सय ३९ जना सामान्य घाइते भएका कार्यालयले जनाएको छ । 

पार्टी सरकारमा गएपछि जनताले जनमत पार्टीसँग ठुलो अपेक्षा गरेकाले ती अपेक्षाहरू पूरा गर्न पार्टीले दिन रात काम गर्नुपर्ने र त्यसका लागि जनशक्ति चाहिने भएकाले यसरी विज्ञापन गरिएको उनले बताए । पार्टीले केही नकेही गर्ने चुनौती थपिएको बताउँदै उनले आफूहरू त्यसका लागि गम्भीर रूपमा लागेको बताए । यसमा पार्टीभित्र वा बाहिरका व्यक्तिले पनि फर्म भर्न सकिने उनले बताए ।

जनमत पार्टी आम चुनावमा भाग लिँदा १० लाखलाई रोजगारी दिलाउने घोषणा गरेको थियो । रोजगारी सृजना गर्नका लागि जनमत पार्टी प्रयासरत छ ।