काठमाडौँमा मुख्य ठाउँमा सेन्सर प्रविधिका सार्वजनिक धारा राख्ने

27

काठमाडौँ । खानेपानी मन्त्रालयले सिंहदरवारसहित काठमाडौँका मुख्य स्थानहरूमा सेन्सर प्रविधिको सार्वजनिक धारा राख्ने भएको छ । बिहीबार मन्त्रालयले गरेको गुनासो सुनुवाइ इकाईको उद्घाटनका अवसरमा यसबारे जानकारी दिइएको हो ।

एक साताभित्र सिंहदरवार आउने सेवाग्राहीलाई लक्षित गरी यस प्रकारको सार्वजनिक धारा राख्न लागिएको मन्त्रालयका सचिव मणिराम गेलालले जानकारी दिए ।उनले अब काठमाडौँमा हिँड्दा बोतलको पानी किन्नुपर्ने अवस्था अन्त्य गर्न लागेको उल्लेख गरे ।