Saturday, May 9, 2026
Home Blog Page 447
काठमाडौँ । जनमत पार्टीले आफ्नो पार्टी कार्यालयका लागि विभिन्न पदमा कर्मचारी नियुक्तिका लागि आवेदन आव्हान गरेको छ ।केन्द्रीय कार्यालयदेखि जिल्ला कार्यालयमा कर्मचारी व्यवस्थापनका लागि विज्ञापन निकालेको सो पार्टीका उपाध्यक्ष दीपक साहले बताए । जसपाले काठमाडौँसहित विभिन्न जिल्लाका लागि २५ जना कम्प्युटर अपरेटर माग गरेको छ । काठमाडौँका लागि चार जना अनुसन्धानकर्ता, कन्टेन्ट राइटर (लेखक) दुई जना, काठमाडौँका लागि प्रोग्रामर,...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा कीर्तिपुर अस्पताल पुगेका छन्। ग्यास सिलिण्डर विस्फोटबाट गम्भीर घाइते भएका सांसद चन्द्रकान्त भण्डारीको स्वास्थ्य अवस्था बुझ्न सभापति देउवासहित उपसभापतिद्वय पूर्णबहादुर खड्का, धनराज गुरुङलगायत नेता कीर्तिपुर अस्पताल पुगेका हुन्।सांसद भण्डारीलाई थप उपचारका लागि भारतको मुम्बईस्थित नेशनल बर्न्स सेन्टरमा लैजाने तयारी भइरहेको छ। गए राति आफ्नै निवास बुद्धनगरमा ग्यास सिलिण्डर विस्फोट हुँदा सांसद चन्द्र...
विराटनगर । तुलसी बहुमुखी सहकारी संस्थाका २ जना सञ्चालकलाई प्रहरीले नियन्त्रणमा लिइएको छ। विराटनगर २ मा रहेका सहकारी संस्थाका २ जना सञ्चालकलाई प्रहरीले नियन्त्रणमा लिइएको हो।संस्थाका अध्यक्ष फरार रहे पनि उपाध्यक्ष अनिता गौतम र सचिव सविना न्यौपानेलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। बचतकर्ताको रकम फिर्ता दिन नसकेका कारण पछिल्लो १५ दिनयता सहकारीमा आन्दोलन चलिरहेको छ। संस्थाका अध्यक्ष फरार रहेका...
काठमाडौँ। ग्यास सिलिन्डर विस्फोटबाट घाइते भएकी नेपाली काँग्रेसका नेता डा. चन्द्र भण्डारीकी आमा हरिकला भण्डारीको निधन भएको छ । बुधबार राति ग्यास सिलिन्डर विस्फोटमा उनी घाइते भएकी थिइन् ।कीर्तिपुर अस्पतालमा उपचारको क्रममा आमा हरिकलाको बिहान १० बजेर ५७ मिनेट जाँदा निधन भएको पारिवारिक स्रोतले बतायो । हरिकला ८९ वर्षकी थिइन् । आमासँगै घाइते भएका नेता भण्डारीको भने उपचार भइरहेको...
काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्य आज प्रतितोला ६०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला १ लाख ३ हजार रुपैयाँ कायम भएको छ । यसअघि बुधबार पनि सुनको मूल्य प्रतितोला दुई सय रुपैयाँ घटेको थियो । बुधबार छापावाल सुन प्रतितोला एक लाख तीन हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।यसैगरी, बिहीबार...
काभ्रे । बिपी राजमार्ग अन्तर्गत काभ्रेको धुलिखेल नगरपालिका–११ पात्लेखेतमा मिनिट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बा ५ ख ३०४३ नम्बरको मिनिट्रक बिहीबार बिहान दुर्घटना हुँदा चालक रामेछापको मन्थली नगरपालिका–१४ फुलासी पोखरी बस्ने ३५ वर्षीय अभिजल काफ्लेको मृत्यु भएको हो।जिल्ला प्रहरी कार्यालय काभ्रेकाअनुसार दुर्घटनामा गम्भीर घाइते काफ्लेको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।​ सहचालक दोलखाको मेलुङ गाउँपालिका–६ बस्ने...
भक्तपुर । डिभिजन वन कार्यालय भक्तपुरले बुधवार सूर्यविनायक नगरपालिकाका प्रमुख, उपप्रमुखसहित कार्यपालिका सदस्यहरुलाई जलवायु परिवर्तन, वन ऐन र नियमावलीका बारेमा अभिमुखीकरण गरेको छ । जलवायु परिवर्तनले स्थानीय स्तरमा पार्ने प्रभाव र यसको न्यूनिकरणका लागि स्थानीय तहको भूमिका तथा वन ऐन २०७६ र वन नियमावली २०७९ ले स्थानीय तहलाई प्रदान गरेको अधिकारका बारेमा स्थानीय तहका जनप्रतिनिधिहरुलाई जानकारी दिने उद्देश्यले सो...
सुर्खेत। नेकपा (एकीकृत समाजवादी)का कर्णाली प्रदेश अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य अम्मर बहादुर थापाले वर्तमान सरकारलाई दक्षिणपन्थी खिचडी सरकारको संज्ञा दिएका छन्। आज बिहान वीरेन्द्रनगरका आयातित पत्रकार सम्मेलनमा उनले यस्तो टिप्पणी गरेका हुन् ।सरकारमा सहभागी मन्त्रीहरूले नै सङ्घीयता, गणतन्त्र र धर्मनिरपेक्षता विरोधी अभिव्यक्ति दिएर संविधानमाथि प्रहार भइरहेको उनले बताए। उनले भने, ‘यस्तो खालको कार्यको समाजवादीले विद्रोह गर्ने छ ।’...
पोखरा । पोखराको चाउथेस्थित एक फर्निचर उद्योगमा आगो लाग्दा २ मजदुर जलेर घाइते भएका छन्। पोखरा महानगरपालिका-१४ चाउथे डिपीमार्गमा रहेको पाल्पा भैरव फर्निचर उद्योगमा गएराति भएको आगलागीमा परेर २ जना मजदुर घाइते भएका हुुन्।जिल्ला प्रहरी कार्यालय, कास्कीका सूचना अधिकारीका प्रहरी नायब निरीक्षक ज्ञानबहादुर खड्काका अनुुसार धादिङको ज्वालामुखी घर भई फर्निचरमा कार्यरत २० वर्षीय राहुुल गुरुङ र पाल्पा रिब्दीकोटका २१...
काठमाडौँ । नेकापा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न बालुवाटार पुगेका छन्।राष्ट्रपति निर्वाचन नजिकिँदै जाँदा बालुवाटार पुगेका ओलीले समसामयिक राजनीतिका बारेमा छलफल गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।राष्ट्रपतिमा राष्ट्रिय सहमति हुनुपर्ने अडानमा रहेको माओवादीले एमालेका उम्मेदवारलाई मत दिनुपर्ने ओलीको जिकिर छ।