गौर । अलपत्र पुल निर्माणको माग गर्दै आमरण अनशन बसेका पत्रकार सञ्जय सहनीले अनशन तोडेका छन्।गौर र ईशनाथ नगरपालिका जोड्ने बकैया नदीमा निर्माणाधीन अधुरो पुल डेढ वर्षमा सम्पन्न गराउन सम्बन्धित पक्ष तयार भए पछि सहनीले अनसन तोडेका हुन्।चार दिनदेखि अनसनरत सहनीको स्वास्थ्य अवस्था खराब बन्दै गए पछि स्लाइन दिइएको थियो।
काठमाडौँ । इण्डियन आयल कर्पोरेसन (आईओसी)ले पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ। आईओसीले बिहीबार पठाएको नयाँ मूल्यसूचीअनुसार डिजेल, पेट्रोल र हवाइ इन्धनको मूल्य घटेर आएको हो। तर नेपाल आयल निगमले यसपटक मूल्य नघटाउने जनाएको छ।नयाँ मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ ९७ पैसा, डिजेलमा प्रतिलिटर छ रुपैयाँ ४० पैसा र हवाइ इन्धनमा प्रतिलिटर तीन रुपैयाँ ८८ पैसा मूल्य घटेर आएको...
काठमाडौँ । राष्ट्रिय जनमोर्चाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ज्ञापनपत्र बुझाएको छ । शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर पार्टी केन्द्रीय प्रतिनिधि मण्डलले गणतन्त्र, राष्ट्रियता र जनजीविकाका विषयलाई समेटेर ज्ञापनपत्र बुझाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।ज्ञापनपत्र बुझाउनका लागि जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, उपाध्यक्ष दुर्गा पौडेल, महासचिव मनोज भट्ट, कोषाध्यक्ष मधुकुमार क्षेत्री तथा केन्द्रीय सदस्य घनश्याम न्यौपाने बालुवाटार पुगेका थिए ।
काठमाडौं । तीन दिनको मौसम कस्तो छ थाहा पाउनुहोस् । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार तीन दिनको मौसम यस्तो हुनेछ ।
मौसम विश्लेषण (Meteorological Analysis)
हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।
हाल मौसमको अवस्था (Present Weather Status)
सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ ।
२०७९ फागुन...
"Seven Best Real Funds Online Slots Websites Of 2024""Several Best Real Cash Online Slots Websites Of 2024"Content"Greatest Real Money Online Slots Sites Associated With 2024Ignition CasinoNote: Ensure You Read The Bonus Terms And ConditionsLots Desteği Ve Müşteri Hizmetleri"Consider The Slots’ Return To Participant PercentageHow To Choose The Best Real Money Online CasinosIs It Legal To Play Slots Online In...
काठमाडौँ । सात संवैधानिक आयोगका अध्यक्षहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेर आयोगहरूमा स्रोत, साधन र कर्मचारी दरबन्दी थप गर्न माग गरेका छन् । बिहीबार सिंहदरवारमा राष्ट्रिय महिला आयोग, राष्ट्रिय दलित आयोग, राष्ट्रिय समावेशी आयोग, आदिवासी जनजाति आयोग, मधेसी आयोग, थारु आयोग र मुस्लिम आयोगका अध्यक्षहरूले संयुक्त रूपमा प्रधानमन्त्री दाहालसँग भेट गरेका हुन् ।भेटमा आयोगका अध्यक्षहरूले आ–आफ्नो आयोगमा भएका...
काठमाडौँ । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँ र चीनका उच्च कूटनीतिज्ञ वाङ यीबीच युक्रेनमा ‘शान्ति स्थापनाका लागि’ योगदान गर्ने विषयमा सहमति भएको फ्रान्सेली राष्ट्रपति कार्यालयले जनाएको छ । रुसको महत्वपूर्ण सहयोगी मानिने चीनले हालसम्म युक्रेनमा एक वर्षयता जारी रुसी आक्रमणको निन्दा गरेको छैन ।रूसलाई वार्ताको टेबलमा फर्कन चीनले दबाब दिनेमा आफू विश्वस्त रहेको म्याक्रोँले बताएका छन् । बुधबार पेरिसमा म्याक्रोँ...
काठमाडौँ । सल्यानको कपुरकोट गाउँपालिकाले विवाह गर्न वडाको सिफारिस अनिवार्य गरेको छ । गाउँपालिकाभित्र बढ्दै गएको बालविवाह न्यूनीकरणका लागी पालिकाका ६ वटै वडा कार्यालयमार्फत विवाहपूर्व अनिवार्य सिफारिसको व्यवस्था गरिएको प्रमुख प्रशासकीय अधिकृत भरत कुमार वलीले बताए ।उनले भने, ‘बाल विवाह बढिरहेको छ, त्यसलाई न्यूनीकरण गर्नका लागी हामीले यो निर्णय गरेका हौँ ।’ अधिकृत वलीका अनुसार विवाह गर्नु पूर्व वडाबाट...
काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार पनि सेयर बजारमा ओरालो लागेको छ । नेप्से परिसूचक २१.१५ अंकले घटेर २०७० बिन्दुमा आएर रोकिएको छ । यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.७० अंकले घटेर ३९६.४४ विन्दुमा पुगेको छ।नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कूल २५६ कम्पनीको ४७ लाख ४७ हजार ५६७ कित्ता सेयर खरिद बिक्री हुँदा एक अर्ब रुपैयाँ ६८ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ। त्यस्तै, कारोबारको आधारमा हिमालय डिस्टिलरी शीर्ष स्थानमा...
काठमाडौँ । संघीय मामिला तथा सामान्य मन्त्री अमन लाल मोदीले संघीय निजामती ऐनको विषयमा सबै मन्त्रालयका प्रशासन महाशाखाका प्रमुखहरूसँग छलफल गरेका छन् । सिंहदरवारस्थित मन्त्रालयको सभा हलमा मन्त्री मोदीले आज छलफल गरेका हुन् ।छलफलमा क्रममा प्रशासन महाशाखामा प्रमुखहरूले निजामती ऐनमा छड्के प्रवेश, श्रेणीगत वा तहगत व्यवस्था, आरक्षण लगायतका सन्दर्भमा राय राखेका थिए । सेवामा रहेका निजामती कर्मचारीहरूलाई अन्यायमा पर्ने...









