Saturday, May 9, 2026
Home Blog Page 2149
पुस १७, काठमाडौं । राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत डेढ सय जनाले जागिरबाट हात धुनु परेको छ । काम नगरी तलब, भत्ता मात्र बुझ्दै आएको जनशक्तिलाई पाखा लगाइएको विभागका एक उच्च अधिकारीले जानकारी दिए । उनका अनुसार जागिरबाट हटाइएका अधिकांश अधिकृतभन्दा तल्लो तहका छन् । १/२ पटक ‘टास्क’ दिएर काममा चित्तबुझ्दो परिणाम हात नलागेपछि उनीहरुको राजिनामा मागिएको ती अधिकारीले जानकारी दिए ।...
पुस १७, काठमाडौं । शङ्करापुर नगरपालीकामा अवस्थित धार्मीक शाली नदीमा श्री स्वस्थानी व्रत कथामा उल्लेख भएअनुसार एक महिने धार्मीक मेला आज सोमबारदेखि सुरु भएको छ । पौषशुल्क पुर्णीमा तिथीदेखी सुरु हुने यो मेला एक महिलासम्म संञ्चालन हुने गर्दछ । प्रत्येक वर्ष माधवनारायणको मुर्ती शालीनदीमा ल्याएर मेला सुरु हुने परम्परा रहेको छ । आज बिहान सबेरै देखि दशानाथीहरुको बाक्लो उपस्थिती मन्दिर...
चैत २९, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगत तर्फको उपाध्यक्षमा उमेशलाल श्रेष्ठ विजयी भएका छन् । गोल्छा प्यानलका उम्मेद्वार श्रेष्ठले ४७ मत ल्याइ शङ्कर पाण्डे र अनुप मल्ललाई पराजित गरेका छन् ।
चैत २९, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको जिल्ला नगर समूहतर्फको उपाध्यक्षमा किशोर प्रधान प्यानलबाट प्रमोद श्रेष्ठ विजयी भएका छन् ।उनले ५३ मत ल्याएर गोल्छा समूहका दिनेश श्रेष्ठलाई ५ मतले पराजित गरेका छन्। श्रेष्ठको जितसँगै उपाध्यक्षमा प्रधान समूहले खाता खोलको छ ।गोल्छा समूहबाट जिल्ला नगरको केन्द्रीय सदस्यमा भने उमेश डालमियाले सबैभन्दा बढी ८९ मत ल्याएका छन् ।
चैत २९,काठमाडौँ । प्रहरी नायब महानिरीक्षक नवराज सिलवालले सरकारले गैरकानुनी रुपमा प्रकाश अर्याललाई प्रहरी महानिरीक्षकमा बढुवा गरेको जनाउँदै आफूलाई महानिरीक्षक बनाउन माग गरी आज सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, प्रधानमन्त्री, गृहमन्त्रालयलगायतलाई विपक्षी बनाई दायर गरिएको निवेदनमा आफूलाई प्रहरी महानिरीक्षकमा बढुवा पाउने कानुनप्रदत्त हकमाथि आघात सिर्जना भएको हुँदा मन्त्रिपरिषद्को सोमबारको निर्णय बदर गरी आफूलाई प्रहरी...
चैत २९, काठमाडौँ । सरकारले व्यवस्थापिका–संसद्मा विचाराधीन ‘नेपालको संविधान (दोस्रो संशोधन), २०७३’ प्रस्ताव फिर्ता लिएको छ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयशङ्कर नायकले संसद्को आजको बैठकमा संशोधन फिर्ता लिन अनुमति माग्ने प्रस्ताव प्रस्तुत गरेका थिए । उक्त प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्दा सर्वसम्मतबाट स्वीकृत भएको सभामुख ओनसरी घर्तीले जानकारी दिए । सो अवसरमा मन्त्री नायकले सरकारले समस्या समाधानका लागि सो प्रस्ताव फिर्ता...
चैत २९, काठमाडौँ। अन्य व्यक्तिमाथि आक्रमण गरेको भनिएका दावा लामामाथि गौरीघाटमा आज गोली प्रहार भएको छ । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक प्रद्युम्नकुमार कार्कीले लामाको कम्मरमा दुई गोली लागेको जानकारी दिए । उनको जोरपाटी, अत्तरखेलस्थित नेपाल मेडिकल कलेजमा उपचार भइरहेको छ । गत माघमा दरबारमार्गको डिस्कोमा राम गिरीमाथि आक्रमण गरेपछि प्रहरीले लामालाई पक्राउ गरेको थियो । सोही घटनामा...
काठमाडौं । चर्चित गायक खुमन अधिकारीले दोस्रो बिहे गरेका छन् । अधिकारीले गत सोमबार नक्सालको एक घरमा हिन्दु परम्पराअनुसार नै गायिका सुशीला गौतमसँग दोस्रो बिहे गरेका हुन् । उनले किन दोस्रो बिहे गरे त ? यसबारे तल प्रष्ट्याइएको छ । पढ्नुहोस् गायक अधिकारी र गायिका गौतमलाई जग्गेमा देख्दा साँच्चीकै बिहे जस्तो लागेपनि त्यो एउटा म्यूजिक भिडियोको सुटिङ थियो । रियल...
चैत २९, काठमाडौं। प्रत्येक वर्ष चैत पूर्णिमामा लाग्ने बाइसधारा मेला भर्न भक्तजनको घुइँचो लागेको छ । उक्त स्थानमा प्रत्येक वर्ष चैत शुक्ल पूर्णिमाका दिन मेला लाग्ने परम्परा छ । सो मेला भरेमा विभिन्न चर्म रोगबाट मुक्त भई दीर्घजीवन तथा पारिवारिक सुख, शान्ति एवं समृद्धि कायम हुने विश्वास छ । त्यहाँ आएकामध्ये कोही जामाचोमा रहेको बौद्ध चैत्यमा समेत जाने गर्छन् ।...
चैत २९, लहान । सिरहाको सखुवा नन्कारकटी–८ सिमराहास्थित दलित बस्तीमा गएराति भएको भीषण आगलागीमा ५० घर जलेर नष्ट भएका छन् । स्थानीयवासी हरिनारायण मण्डल (खत्वे)को परालको थुप्राबाट आगो सल्केर सोमबार साँझ ५ बजेदेखि सुरु भएको आगलागी वारुणयन्त्रको सहयोगमा स्थानीयवासी र प्रहरीको अथक प्रयासबाट राति ९ बजेतिर मात्र नियन्त्रणमा आएको थियो । आगलागीबाट स्थानीय ३५ परिवारका घर जलेर नष्ट भएको इप्रका, महेशबारी...