चैत २९,
काठमाडौं । आज सरकारले संसदमा नयाँ प्रस्ताव सहितको संशोधन प्रस्ताव दर्ता गर्ने तयारी गरेको छ । सरकारले पुरानो संशोधन प्रस्ताव फिर्ता लिएर नयाँ संशोधन प्रस्ताव दर्ता गराउने भएको छ । तर प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले भने सरकार आफुबिच कुनै सहमति नभएको दाबी गरेको छ । मन्त्रिपरिषद्को सोमवार राती सकिएको बैठकले संसदमा पेश भएको संशोधन विधेयक फिर्ता लिएर...
चैत २९,
काठमाडौं । सरकारले लागु भएको झण्डै दुई वर्षपछि फ्रि भिसा, फ्रि टिकट छानविन सुरु गरेको छ । वैदेशिक रोजगार विभागले म्यानपावरलाई पत्रचार गर्दै निर्णय लागु भएदेखि हालसम्म पठाएका कामदारको विवरण मागेको हो । वैसाख २ गते भित्रमा सबै म्यानपावरलाई पठाएका कामदारको विवरण बुझाउन भनेको छ । म्यानपावर कम्पनीसित विभागले कामदारको विवरणमा पूर्व स्वीकृति संख्या, अन्तिम स्वीकृतिको संख्या, देश,...
लाल बहादुर वि.क,
चैत २९, अछाम ।
अछाम जिल्लाको रामारोशन गाउपालिकाका मानिसहरु चट्याङले तरङ्गीत बन्दै गएका छन । अलिकती मात्र पानी पर्ने वित्तिकै गाँउका मानिसहरु बाहिर निष्किन समेत डराउने गरेका छन । गाँउमा उत्पादन गरिएका विद्युत लाईनहरुमा राम्रो आर्थिङ नगरिएकोले यो समस्या बढेको हुन सक्ने रामारोशन गाँउपालिका ५ नेटाकोटका भक्त बहादुर टमट्टाले बताए ।
उनले भने २०७३ चैत्र २१ गते आएको चट्याङले...
चैत २९,
चितवन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, गैरआवासीय नेपाली संघ (एनआरएनए) तथा पर्यटनसँग सम्बन्धित विभिन्न संघ संस्थाको सहकार्यमा यो अभियान सुरु गरिएको हो । नेपालमा बाह्य पर्यटक भित्र्याउन ‘अतिथि देवो भवः’ अभियान सुरु गरिएको छ । नेपालीहरुको आतिथ्यताको शैली र संस्कारलाई व्यवहारमा उतार्दै र बाह्य देशमा फैलाउँदै पर्यटक भित्र्याउने लक्ष्यसहित अतिथि देवो भवः...
नेपाली सांगीतिक आकाशमा आशाबादी भएर उदाएका गायक तथा संगीतकार सुजन तिगेला लिम्बु संग बेलायतबाट नयाँ न्युजका लागि जानू काम्बाङ्ग लिङ्ग्देनले गरेको छोटो सांगीतिक कुराकानीः
तपाईं अहिले के गर्दै हुनुहुन्छ ?
म कलाकार सुजन तिगेला लिम्बूको नमस्कार । र म अहिले मेरो सोलो एल्बम कालजयी २ र मेरो पहिलो लिम्बू एल्बम काङ्सोरे लगायत अन्य एल्बम तथा फुटकर गीतहरूमा सिर्जनारत छु ।
तपाई यो क्षेत्रमा...
चैत २९,
काठमाडौं । नेपाल वायुसेवा निगमकै सबैभन्दा वरिष्ठ सुवर्ण अवाले झण्डै एक लाख अवैध अमेरिकी डलरसहित पक्राउ परेका पछि निगमको अन्तराष्ट्रिय उडान प्रभावित भएको छ । उनी केही महिनामा नै एयरबस प्रशिक्षकको तालिमका लागि जाने तयारीमा थिए । ३३ वर्षदेखि विमान उडाइरहेका अवाले पक्राउ परेपछि नेपाल एयरलाइन्स समस्यामा परेको छ । अब निगमममा तालिकाअनुसार उडान भर्न समस्या हुने अवस्था...
चैत २९,
बारा । बारा जिल्लाको गढीमाईमा एक जना पुरुषको शब जुटको बोरामा पोको पारेको अवस्थामा फेला परेको छ । आज बिहान महा गढीमाई नगरपालिका वडा नं.६ स्थित बवुआईन बाट बरियारपुर जाने कच्चि बाटोको छेउमा हाल सम्म नाम थर वतन खुल्न नआएको अंन्जाजी ५० वर्ष जस्तो देखिने पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ । तराई...
चैत २९, काठमाडौँ ।
नेपालमा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउनका लागि ट्राभल्स नेपाल बस सर्भिस प्रालिले चर्पी र रेस्टुराँसहितको सुविधा सम्पन्न बस सञ्चालनमा ल्याएको छ । ‘उमङ्ग र अनुभूति’ भन्ने नाराका साथ सुविधा सम्पन्न, आरामदायी र एयर कण्डिसन भएको नयाँ पर्यटकीय बस सञ्चालनमा ल्याएको हो । यात्रुको चाहना, सुरक्षा र सुविधालाई ध्यानमा राखी काठमाडौँदेखि लुम्बिनी र काठमाडौँदेखि पोखरासम्मका लागि हाल...
चैत २९,
कञ्चनपुर । नगरपालिकाको उपमेयर पदमा उठ्न कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–४ कालिका माविका प्रधानाध्यापक मधु बोहराले विद्यालयबाट राजीनामा दिएकी छिन् । अन्य जिल्लामा पनि स्थानीय तहको निर्वाचनमा उम्मेदवार बन्न धेरै शिक्षकले विद्यालयबाट राजीनामा दिएका छन् । उनले महिलाले पनि नेतृत्व लिएर अघि बढ्न र निर्णय लिन सक्छन् भन्ने सन्देश दिन चुनावमा उत्रेको बताइन् । नेपाली काँग्रेस पार्टीबाट टिकट पाउने आशामा...
चैत २९,
लमजुङ । । रोजगारीका लागि कतार पुगेका प्रवासीहरुले लमजुङको एक विद्यालयमा २० थान कम्प्युटर प्रदान गरेका छन् । राइनास घर भई हाल कतारमा धमिलीकुवा कतार समूह सञ्चालन गर्दै आएका नेपालीले शैलपुत्री माध्यमिक विद्यालयलाई २० थान कम्प्युटर उपलब्ध गराएका हुन् । छब्बीस जनाको समूहले दुईलाख ९० हजार रुपैयाँ रकम संकलन गरी कम्प्युटर उपलब्ध गराएको समूहका अध्यक्ष मोहन चिलवालले...










