सरकारद्वारा संविधान संशोधन प्रस्ताव फिर्ता

329

चैत २९, काठमाडौँ ।
सरकारले व्यवस्थापिका–संसद्मा विचाराधीन ‘नेपालको संविधान (दोस्रो संशोधन), २०७३’ प्रस्ताव फिर्ता लिएको छ ।
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयशङ्कर नायकले संसद्को आजको बैठकमा संशोधन फिर्ता लिन अनुमति माग्ने प्रस्ताव प्रस्तुत गरेका थिए । उक्त प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्दा सर्वसम्मतबाट स्वीकृत भएको सभामुख ओनसरी घर्तीले जानकारी दिए ।
सो अवसरमा मन्त्री नायकले सरकारले समस्या समाधानका लागि सो प्रस्ताव फिर्ता लिएको अवगत गराउँदै यसका लागि सबैको सहमति आवश्यक छ भने । अब सबैलाई सहमतिमा आउन आग्रह गर्दै उनले प्रतिपक्ष दल र आन्दोलनरत दललाई सहमतिका साथ निर्वाचनमा होमिन आग्रह गरे ।