सिलवालद्वारा फेरी अदालतमा रिट दायर

222

चैत २९,काठमाडौँ ।
प्रहरी नायब महानिरीक्षक नवराज सिलवालले सरकारले गैरकानुनी रुपमा प्रकाश अर्याललाई प्रहरी महानिरीक्षकमा बढुवा गरेको जनाउँदै आफूलाई महानिरीक्षक बनाउन माग गरी आज सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, प्रधानमन्त्री, गृहमन्त्रालयलगायतलाई विपक्षी बनाई दायर गरिएको निवेदनमा आफूलाई प्रहरी महानिरीक्षकमा बढुवा पाउने कानुनप्रदत्त हकमाथि आघात सिर्जना भएको हुँदा मन्त्रिपरिषद्को सोमबारको निर्णय बदर गरी आफूलाई प्रहरी महानिरीक्षक बनाउन माग गरिएको छ । निवेदनमा चार वर्षको कार्यसम्पादन मूल्याङ्कनमा आफूले २६३ र प्रकाश अर्यालले २६२ अङ्क प्राप्त गरेको हुँदा आफू कार्यसम्पन्न र मूल्याङ्कनमा अगाडि भएको उल्लेख छ ।
यसअघि प्रहरी महानिरीक्षकमा जयबहादुर चन्दलाई सरकारले बढुवा गरेपछि सो कार्यान्वयन नगराई आफूलाई वरिष्ठताका आधारमा प्रहरी महानिरीक्षक बनाउन माग गर्दै उनीद्वारा दायर गरिएको निवेदनमा अदालतले चार वर्षको कार्यसम्पादन र मूल्याङ्कनका आधारमा वरिष्ठतमलाई बढुवा गर्न आदेश दिएको थियो ।